अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२५ | Colorodo: 06:40

नेपाल र सिसेल्स बिच आर्थिक व्यावसायिक सम्बन्ध विस्तारका विषयमा भेटवार्ता

बिआरटीनेपाल २०७५ असार २० गते ९:१४ मा प्रकाशित

भारत भ्रमणमा रहनुभएका नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा र नयाँ दिल्लीस्थित पूर्वी अफ्रिकी राष्ट्र गणतन्त्र सिसेल्सका राजदूत फिलिप्पी लि गल (H.E. Philippe Le Gall, Ambassador/ High Commissioner, High Commission of the Republic of Seychelles to India) बिच नयाँ दिल्लीमा द्धिपक्षीय भेटवार्ता सम्पन्न भयो । सो भेटवार्तामा नेपाल र सिसेल्स बिच व्यापार तथा लगानीका सम्भाव्यता विषयमा छलफल भयो ।

सो अवसरमा अध्यक्ष राणाको नेतृत्वमा रहेको महासङ्घको प्रतिनिधिमण्डललाई स्वागत गर्नुहुदै राजदूत फिलिप्पीले दुई बिच पर्यटन, मत्स्य पालन लगायत अन्य व्यावसायिक क्षेत्रमा लगानीको ठुलो सम्भाव्यता रहेको बताउनुभयो ।

राजदूत फिलिप्पी लिले नेपाली निजी क्षेत्रसग भेटवार्ता गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । नेपाल र सिसेल्स बिच निजी क्षेत्रका प्रतिनिधि संस्थाका माध्यमबाट आपसी सम्बन्ध विस्तार गर्न पाएकोमा प्रशन्नता व्यक्त गर्नुहुदै सिसेल्स चेम्बर अफ कमर्स र एफएनसीसीआईका माध्यमबाट संयुक्त रूपमा आर्थिक गतिविधि विस्तारमा सहकार्य गर्न सकिनेमा जोड दिनुभयो । यसका लागि आफूले पनि सक्दो सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

भेटवार्तामा महासङ्घका अध्यक्ष राणाले बदलिँदो विश्व परिप्रेक्ष्यमा नविनतम उपायद्धारा दुई देश बिच पर्यटन क्षेत्रका सम्भाव्यता उजागर गर्न सकिनेमा जोड दिनुभयो । विकासमा सिसेल्सले गरेको प्रगति प्रशंसनीय रहेको बताउनुहुंदै अध्यक्ष राणाले आर्थिक विकासमा भर्खर अगाडि बढेको नेपालका लागि सिसेल्सको प्रगति अनुकरणीय हुन सक्ने बताउनुभयो । साथै, उहाँले आपसी आर्थिक सम्बन्धलाई मजबुद बनाउन द्विपक्षीय आर्थिक गतिविधि विस्तार एवं विकासको अनुभव आदान प्रदानमा जोड दिनुभयो ।

अध्यक्ष राणाले नेपाली निजी क्षेत्रका लागि भेटघाटको समय प्राप्त भएकोमा राजदूतप्रति आभार व्यक्त गर्नुहुदै आपसी सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन नेपाली निजी क्षेत्रको सङ्घीय प्रतिनिधिमुलक संस्था महासङ्घ तयार रहेको विश्वास दिलाउनुभयो ।

महासङ्घका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष चण्डिराज ढकालले दुई देश बिच व्यापार तथा आर्थिक सम्बन्ध प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो । साथै, उहाँले विविध आर्थिक गतिविधिका माध्यमबाट आपसी लाभ लिन सक्नुपर्नेमा समेत सुझाव राख्नु भयो । विश्व भूमण्डली करणको परिप्रेक्ष्यमा नेपाल र सिसेल्स बिच निकै धेरै क्षेत्रमा सहकार्य गर्न सकिने सम्भाव्यता रहेको पनि उहाँले औँल्याउनु भयो ।

नेपाल सिसेल्स चेम्बर अफ कमर्सका अध्यक्ष वासुदेव प्रसाद गौतमले निकट भविष्यमा नेपाल र सिसेल्सका व्यवसायी बिच भ्रमण आदान प्रदानका साथै व्यापार, पर्यटन तथा संयुक्त लगानीका विषयमा गहन छलफलको आयोजना गरिने जानकारी गराउनुभयो ।

भेटवार्तामा ईण्डियाका लागि सिसेल्सका सा“कृतिक राजदूत दीपक सिंह, महासङ्घका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारी र नेपाल सिसेल्स चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिका महासचिव प्रदिप खनालको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू