अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०४ | Colorodo: 05:19

राष्ट्रिय स्तरको बाघचाल प्रतियोगिता एवम् खेलाडी सम्मान कार्यक्रम हुँदै

बिआरटीनेपाल २०७५ असार १९ गते १२:३२ मा प्रकाशित

नेपालको मौलिक खेललाई मूलधारमा ल्याउने उद्देश्यसहित प्रथम राष्ट्रिय बाघचाल प्रतियोगिता तथा खेलाडी सम्मान कार्यक्रम हुने भएको छ, संस्थाका सदस्य धिरेन्द्र चन्द सोडारीद्धारा जारी गरिएको प्रेस विज्ञप्ति मार्फत उक्त जानकारी गराइएको छ । 

विज्ञप्ति अनुसार नेपालका विभिन्न मौलिक खेलको प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित प्रगतिवादी युवा समाज नेपालले आगामी साउन ११ र १२ गते काठमाडौँको बसुन्धारा स्थित चन्द्रविन्दु स्कुलमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । बाघचाल प्रतियोगितामा सातै प्रदेशबाट विभिन्न जिल्लाका स्कुल तथा कलेजका साथै व्यक्तिगत रूपमा पनि सहभागिता रहनेछ । उक्त कार्यक्रममा बढीमा २५० जना सम्मको सहभागिता रहनेछ ।

बाघचाल प्रतियोगितामा सहभागिताका लागि २०७५ साल साउन २ गते साँझ ५ः०० बजे सम्म आएको आवेदनलाई प्रतिस्पर्धामा सम्मिलित गराइनेछ । म्याद नाघी आएको आवेदन उपर कुनै कार्वाही हुने छैन । आवेदन शुल्क रु १५० रुपैयाँ तोकिएको छ । उक्त कार्यक्रममा एउटा स्कुलबाट बढीमा ६ जनाले सहभागिता जनाउन पाउनेछन् । विजेताहरूलाई पहिलो पुरस्कार रु ५५००, दोस्रो रु ३५०० र तेस्रो रु २५०० साथै शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ ।

साथै, उक्त कार्यक्रममा नेपालको खेलकुद क्षेत्रमा रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पुर्‍याएका पूर्व खेलाडीहरूलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । सम्मानित हुने खेलाडीहरूमा पूर्व राष्ट्रिय खेलाडीहरू क्रमशः राम्जीप्रसाद बज्रचार्य: कराते, दीपक विष्ट: तेक्वान्दो, विनोद दास: क्रिकेट, सारादेबी तामाङ: ब्याडमिन्टन (नेपाल आर्मी), दीपक महर्जन– बक्सिग, आङ बाबु लामा: उसु, भरत शाह: भलिबल (नेपाल पुलिस), ममता चौधरी: महिला क्रिकेट (सशस्त्र प्रहरी बल), जित बहादुर केसी: एथलेटिक्स, तारादेवी पुनमगर: भारोत्तोलन, रञ्जना धामी – प्यारा ओलम्पिक (अपाङ्ग) र सोम बहादुर सुनुवार: प्याराओलम्पिक (अपाङ्ग) रहनु भएको छ ।

यस कार्यक्रम सम्बन्धित थप जानकारी आवश्यक परेमा निम्न ठेगानामा सम्पर्क गर्न सकिने छ ।
सम्पर्क नं: ९८४१ ३६९२०४, ९८४८ ४३००७१, ९८६२ ०३८७२५, ०१ ४२२१५५५

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू