अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०७ | Colorodo: 18:22

पर्सामा बाढीबाट १० जनाको उद्धार

बिआरटीनेपाल २०७५ असार १९ गते ९:११ मा प्रकाशित

वीरगन्ज, अविरल वर्षाका कारण पर्साको पश्चिमी क्षेत्रस्थित सिकटा नदीमा आएको बाढीमा फसेका १० जनालाई उद्धार गरिएको छ । प्रहरी चौकी भिस्वाको टोलीले खोलाको बाढीमा परेका आठ महिला र दुई पुरुष गरी १० जनाको गएराति सकुशल उद्धार गरेको हो ।

भिस्वा बजारभन्दा एक किलोमिटर पूर्वतर्फको भिस्वा–सबैठवा जोड्ने पुल नजिक रहेको खोलाको बाढीले गाउँ पस्दा १० जनालाई बगाएको थियो । गाउँलेहरूले सबैठवा नजिक रहेको खोलाको किनारको चौरमा गाईबस्तु चराउन एवं खेतमा काम गर्न गएको बेला साँझ एक्कासि बाढी पसेर उनीहरूलाई बगाएको थियो । बाढीको चपेटामा परेको गाउँले एउटा रुखको सहाराले उनीहरू ज्यान जोगाएर उद्धारको लागि चिच्याएको थिए ।

बाढीमा फसेका उनीहरूलाई राती उद्धार गरी घर पठाइएको भिस्वा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक रोशन अधिकारीले बताउनुभयो । बाढीले एक वटा खसी बगाउनुकासाथै धानको ब्यान्ड तथा खेतमा लगाइएका उखुबालीमा समेत क्षति पु¥याएको गाउँलेले बताएका छन् । रासस फाइल फोटो

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू