अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२२ | Colorodo: 07:37

चलचित्र ‘बाबु कान्छा’को टाइटल गीत सार्वजनिक

बिआरटीनेपाल २०७५ असार १९ गते ८:२७ मा प्रकाशित

असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता सलोन बस्नेत स्टारर चलचित्र ‘बाबु कान्छा’को टाइटल गीत सार्वजनिक गरिएको छ ।केही समय अघि चलचित्रको सार्वजनिक ट्रेलरलाई दर्शक निक्कै मन पराए पछि चलचित्रको शीर्ष गीत रिलिज गरिएको हो ।

चलचित्रको सार्वजनिक गीतमा चर्चित गायक तथा सङ्गीतकार शम्भुजित बास्कोटाले लामो समय पछि चलचित्र ‘बाबु कान्छा’मा गीत गएका हुन् ।अहिलेका निकै चर्चित गायक तथा सङ्गीतकार टङ्क बुढाथोकीको शब्द तथा सङ्गीत रहेको यस गीतलाई दर्शक तथा श्रोताले मन पराउने सङ्गीतकार टङ्क बुढाथोकी बताए। शम्भुजित बास्कोटाले आफूले सङ्गीत दिएको गीतमा स्वर दिनु आफ्नो लागि ठुलो अवसर भएको भन्दै टङ्कले खाली आफ्नो गीतमा आफैले मात्रै गाउन खोज भन्नेको लागि यो गीत गतिलो जबाफ भएको बताए ।

शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको ‘बाबु कान्छा’को यस अघि सार्वजनिक चलचित्र ‘कर्णविर’ समावेश ‘चन्द्रमा झैँ राम्री’ बोलको रिमिक्स भर्सनलाई दर्शक तथा श्रोताले मन पराएका छन् ।

‘बाबु कान्छा’मा सलोन सँगै निर शाह, सरोज खनाल,करिष्मा श्रेष्ठ, राजाराम पौडेल,लय संगौला , ऋतिक शाही,सम्राट् सापकोटा,मञ्जु पौडेल ,गीता अधिकारी, रामेश्वर रिजाल , शुशान्त श्रेष्ठ,विक्रम कंडेल लगायतको अभिनय रहेको छ ।यस चलचित्र बाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दछिन्।

सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको ‘बाबु कान्छा’ मा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह(निर्माताको रूपमा रहेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायाङ्कन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी छ ।

चलचित्रमा अस्ट महर्जनको एक्शन,गौतम राज खड्काको सम्पादन ,टङ्क बुढाथोकी सङ्गीत रहेको छ भने ओम सुनारले ‘कर्णवीरको चन्द्रमा झैँ राम्री छौ’गीत लाई रिमिक्स गरेका हुन् ।सलोनको बढ्दो क्रेजले यस फिल्मलाई ठुलो फाइदा पुग्ने फिल्मी पण्डितहरूको आकलन छ । पछिल्लो रिलिज फिल्म ए मेरो हजुर २ु पछि उनको लोकप्रियता थप चुलिएको छ ।

प्रतिक्रिया