अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१६ | Colorodo: 18:31

महोत्तरीमा एकै दिन सर्पले टोकेर ४ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ असार १८ गते १९:२७ मा प्रकाशित

महोत्तरी, महोत्तरीको गौशालामा सर्पदंशका कारण दुईजनाको मृत्यु भएको छ । गएराति घरमै सुतेको समयमा सर्पले डसेर गौशाला–१२ परोडियाका ११ वर्षीय मनिष राउतको ज्यान गएको छ । त्यस्तै गौशाला–१२ कान्तिबजारका ३६ वर्षीय सुशीलकुमार सिंहलाई सर्पले डसेको र उपचारका क्रममा ज्यान गएको छ ।

बर्दिवास नगरपालिका ५ का २७ बर्षीय बलबहादुर तामाङ, बर्दिवास नगरपालिका ६ का ७३ बर्षीय तिलकमाया राउतको मृत्यु भएको हो । तामाङको बर्दिवास–३ सर्पदंश उपचार केन्द्रमा उपचार सम्भव नभएपछि थप उपचारको लागि बाहिर लैजाने क्रममा मृत्यु भएको हो भने राउतको उपचारको लागि ल्याउँदै गर्दा मृत्यु भएको सर्पदंश उपचार केन्द्रले जनाएको छ ।

इलाका प्रंहरी कार्यालय गौशालाले दिएको जानकारीअनुसार सुशीलकुमार सिंह आइतबार साँझ खेतबाट काम गरेर फर्किएपछि अचानक बेहोस भएको र उनलाई तत्कालै उपचारका लागि बर्दिवासस्थित शुभस्वतिक हस्पिटलमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा सर्पले टोकेको पत्ता लागेपछि सर्पदंश उपचार केन्द्रमा पठाएको तर उनको उपचारका क्रममा ज्यान गएको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिनुभयो । पछिल्लो समय महोत्तरीमा सर्पदंशका घटनामा वृद्धि भएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू