अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१५ | Colorodo: 10:30

बेल्जियम पनि क्वार्टरफाइलनमा

बिआरटीनेपाल २०७५ असार १८ गते १९:१८ मा प्रकाशित

रसियामा जारी विश्व कपको नकआउट चरण पार गर्दै बेल्जियम क्वार्टरफाइनलमा पुगेको छ । जापान विरुद्ध खेलको जित हात पार्दै बेल्जियम फिफा विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो ।

बेल्जियमले जापानलाई ३–२ को गोल हानेको छ । खेलको पहिलो हाफसम्म १–० को अग्रता कायम गर्न सफल जापानले फेरी खेलको ५२ औँ मिनेटमा अर्को गोल गर्दै बेल्जियम विरुद्ध २–० को अग्रता बनाएको थियो, तर त्यसको १७ औँ मिनेट पछि देखि गोल गर्न सुरु गरेको बेल्जियमलाई खेलको अन्तिम समयसम्म पनि जापानले रोक्न सकेन । बेल्जियमले खेलको ६९ औँ, ७४ औँ र इन्जुरी समयमा गोल गर्दै जापान विरुद्ध जित निकालेको हो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू