अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३० | Colorodo: 07:45

विश्वकप फुटबलः आज ब्राजिल र मेक्सिको तथा बेल्जियम र जापान भिड्ने

बिआरटीनेपाल २०७५ असार १८ गते ७:०४ मा प्रकाशित

विश्वकप फुटबलको प्रि क्वाटरफाइनलमा आज ब्राजिल र मेक्सिको तथा बेल्जियम र जापान भिड्दैछन । पाँच पटकको विश्वकप विजेता ब्राजिल र ल्याटिन अमेरिकी राष्ट्र मेक्सिको बीचको खेल सामरा एरिनामा नेपाली समयअनुसार वेलुकी पौने ८ बजे सुरु हुनेछ ।

रुसमा जारी विश्वकप फुटबलको समूह ई मा रहेको ब्राजिल समूह विजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो । पहिलो खेलमा स्विट्जरल्याण्डसँग १-१ गोलको बराबरीमा रोकिएको ब्राजिलले दोस्रो खेलमा कोष्टा रिकालाई २÷० ले तथा अन्तिम खेलमा सर्वियालाई २-० ले हराएको थियो ।

उता मेक्सिको भने समूह एफ को उपविजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो । समूहका खेलमा जर्मनी र दक्षिण कोरियालाई हराएको मेक्सिको स्वीडेनसँग भने पराजित भएको थियो ।     आजै राति पौने १२ वजे बेल्जियम र जापान भिड्नेछन् । बेल्जियम समूह जी को विजेता तथा जापान समुह एफको उपविजेताको रुपमा नकआउट चरणमा पुगेको हो । समूह क सबै ३ खेल जितेको बेल्जियम उपाधि दावेदार टोली हो । जापान भने एसियाबाट राउण्ड अफ सिक्सटिनमा पुग्ने एक मात्र टोली हो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू