अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५५ | Colorodo: 16:10

प्रदेश नं. ४ को स्थायी राजधानी पोखरा

बिआरटीनेपाल २०७५ असार १८ गते ६:४५ मा प्रकाशित

 

प्रदेश नं. ४ को राजधानी पोखरा तोकिएको छ । सोमबार दिउँसो बसेको संसद बैठकमा प्रदेश नं. ४ को राजधानी पोखरा तोक्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । प्रदेशसभामा सहभागी सांसदमध्ये २ तिहाई बहुमतले राजधानी र नाम तोक्न मिल्ने संबैधानिक ब्यवस्था छ ।

पोखरालाई राजधानी तोक्नका लागि प्रस्तुत प्रस्तावमा प्रतिपक्षी  र सत्तापक्षीय दलहरु सवैले समर्थन गरेपछि प्रस्ताव पूर्णमतले पारित भई राजधानी तोकिएको हो । सोमबारको बैठकमा उपस्थित ५२ सांसदमध्ये सबैले पोखरालाई राजधानी तोक्ने पक्षमा मत दिएका छन । सभामा बोल्ने सबै सांसदले पोखरा प्रदेशको राजधानी उपयुक्त भएको भन्दै समर्थन जनाएका थिए ।

त्यसअघि छलफलमा भाग लिएका अधिकांश सांसदले पोखरालाई राजधानी बनाउने प्रस्तावको समर्थन गरेका थिए । सांसद विन्दुकुमार थापाको संयोजकत्वमा गठीत समितिले पोखरालाई प्रदेशको राजधानी बनाउन प्रस्ताव गरेको थियो ।  संसद वैठकले प्रदेशको नाम भने तोक्न सकेको छैन । मंगलवार र वुधवार प्रदेशको नामबारे संसदमा छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू