अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२२ | Colorodo: 06:37

कृष्णभीरमा पहिरो, जीप पुरियो

बिआरटीनेपाल २०७५ असार १८ गते ६:३४ मा प्रकाशित

पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट, रोराङ गाउँपालिकाको कृष्णभीरमा पहिरो जाँदा जीप पुरिएको छ । अबिरल बर्षा संगै गएको पहिरोमा परी जीप पुरिएको हो ।

जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार लु१ख २३४३ नम्बर जीपलाई पहिरोले पुरेको हो । प्रहरी प्रमुख एसपी डम्बरबहादुर विकको टोली पनि अहिले घटनास्थलमा पुगेको छ ।
विकका अनुसार जीपको केहिवेर अघि उद्दार गरिएको छ । समयमै उद्दार हुन सक्दा कुनै मानवीय क्षति हुन नपाएको सुरक्षाकर्मीहरूले बताएका छन्।

यसैबीच, दाङमा बाढीले बस बगाएको छ । जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार बबई गाउँपालिका–५ मा रहेको ट्वाँङ खोलामा आएको बाढीले ना १ ख १८६१ नम्वरको बस बगाएको हो ।
प्रहरीका अनुसार बसमा रहेका दुई जनालाई तत्कालै उद्दार गरिएको छ । अहिले घटनास्थलमा पुगेको प्रहरी टोलीले बसलाई नदीको किनारमा ल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू