अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०९ | Colorodo: 17:24

संसदीय सुनुवाइ समितिमा नेकपाका सात, काँग्रेसका २ सदस्य रहने

बिआरटीनेपाल २०७५ असार १७ गते ११:२२ मा प्रकाशित

काठमाडौँ, संसदीय सुनुवाइ समितिमा कुन राजनीतिक दलबाट कति जना सदस्य रहने भन्नेबारेसहमति जुटेको छ । सङ्घीय संसद्को आइतबार बसेको कार्यव्यवस्था समितिको बैठकले समितिमा १२ जना प्रतिनिधिसभा र तीन जना राष्ट्रियसभाबाट प्रतिनिधित्व गर्ने टुङ्गो लगाएको हो । यस्तै राष्ट्रियसभाबाट कुन दलबाट कति जना सदस्य रहने भन्नेबारे पनि टुङ्गो लागेको छ ।

समितिले छिट्टै पूर्णता पाएर गठन हुने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले जानकारी दिए । मन्त्री तामाङले दिएको जानकारीअनुसार संसदीय सुनुवाइ समितिमा सरकारको नेतृत्व गरिरहेको पार्टी नेपाल कम्युनिस्ट पार्टीबाट सात, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबाट दुई, सङ्घीय समाजवादी फोरमबाट एक, राष्ट्रिय जनता पार्टी नेपालबाट एक र अन्य तथा स्वतन्त्र सांसदहरूमध्येबाट एक जना सांसदको प्रतिनिधित्व हुने सहमति भएको छ ।

संसदीय सुनुवाइ समिति नहुँदा विभिन्न सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्तिमा ढिलाइ भएको छ, जसका कारण ती निकाय प्रमुखविहीन बनेका छन् । समितिका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दल र स्वतन्त्र सांसदहरूलाई सोमबारसम्म नाम दिन भनिएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू