अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०६ | Colorodo: 18:21

कुख्यात फ्रान्सेली डाँका हेलिकोप्टरको सहयोगमा जेलबाट फरार

बिआरटीनेपाल २०७५ असार १७ गते ११:१५ मा प्रकाशित

पेरिसको, फ्रान्स, कुनै समय फ्रान्सको उच्च खोजीको सूचीमा रहेका तर पछिल्लो केही समय यता जेल सजाय भोगिरहेको कुख्यात चोरले हेलिकोप्टरको सहयोगमा जेलबाट आइतबार भागेको फ्रान्सेली अधिकारीले बताएका छन् ।

फ्रान्सको रिआउ सहरबाट केही मिनेट टाढा रहेको जेलमा रहेका ४६ वर्षीय रेडोइन फाइडलाई हेलिकोप्टरमा आएका केही सशस्त्र व्यक्तिहरूले उनलाई जेलबाट भगाएको यस घटनासँग निकट स्रोतले जनाएको छ ।

सन् २०१० मा यहाँ भएको सशस्त्र डकैतिको योजनाकार ठहर गर्दै यहाँको पुनरावेदन अदालतले २५ वर्षको जेल सजाय सुनाएपछि फाइडलाई जेलबाट भगाइएको हो । आठवर्ष पहिले भएको उक्त घटनामा एक महिला प्रहरीसमेतको ज्यान गएको थियो ।

फाइडसहित तीनजना सहयोगी जेलबाट भागेको स्रोतले जनाएको छ । सुरक्षाकर्मीले उक्त हेलीकोप्टरलाई रिआउ सहरको उत्तरपूर्वी क्षेत्रमा भेटिएको थियो । प्रहरीले सम्पूर्ण पेरिसको क्षेत्रमा सुरक्षा अवस्थालाई कडा पार्दै फरार अभियुक्तलाई खोजिरहेको छ । फाइडले जेलबाट भागेको यो दोस्रो घटना हो । उनले सन् २०१३ मा पनि उत्तरी फ्रान्सको एक जेलबाट भागेका थिए । उनले सन् २०११को मध्यपछि जेलजीवन बिताउँदै आएका थिए ।

पिस्तोलधारी कुख्यात डाँका फाइडले जेलबाट भाग्ने क्रममा तीनजना सुरक्षागार्डलाई बन्धक बनाएपनि उनीहरूलाई लगत्तै छोडेको बताइएको छ । रासस/एएफपी 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू