अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१० | Colorodo: 18:25

चलचित्र विकास बोर्डको १८ औं वार्षिक उत्सव सम्पन्न

मनिष कार्की २०७५ असार १७ गते ९:४० मा प्रकाशित

नेपाली चलचित्र क्षेत्रको विकास, प्रवर्द्धन तथा संरक्षणका निमिक्त स्थापित नेपाल चलचित्र विकास बोर्डले आफ्नो १८औं वार्षिक उत्सव भव्यरुपमा मनाएको छ । नेपाली चलचित्र क्षेत्रलाई स्वायत्तता दिँदै वि.स.२०५७ सालमा सूचना तथा सञ्चार मन्ञालय मातहत रहनेगी चलचित्र विकास बोर्डको स्थापना भएको थियो । बोर्डले आफ्ना १८ वर्ष पुरा गरेको छ ।
बोर्डले आफ्नो वार्षिक उत्सव समारोहकाबीच आफ्ना भावी कार्य योजना समेत प्रस्तुत गरेको छ । जस अन्तर्गत नेपाली चलचित्र क्षेत्रको बृहत्तर हितका लागि बक्स अफिस प्रणालीलाई आर्थिक वर्ष २०७५÷७६ भित्रै लागु गरी सक्ने लक्ष्य बोर्डले राखेको छ ।

यस्तै राष्ट्रिय चलचित्र विकास नीति लागु हुन नसक्दा चलचित्र क्षेत्रले सोचे जस्तो उपलब्धि प्राप्त गर्न सकी रहेको छैन । तसर्थ यही अर्थोक वर्ष भित्र नै राष्ट्रिय चलचित्र विकास नीति लागु पर्ने बोर्डको तयारी छ । नेपालको पहिलो चलचित्र आमा र पहिलो रंगिन चलचित्र कुमारीलाई डिजिटलाइजेसन गरेसँगै पुनः प्रदर्शन गर्ने र तत्कालीन शाही नेपाल चलचित्र संस्थानबाट निर्माण भएका १द्द वटा चलचित्रहरूलाई चलचित्र महोत्सवद्धारा प्रदर्शन गर्ने योजना बोर्डले अघि सारेको छ । यस्तै नेपाललाई अन्तर्राष्ट्रिय सुटिङहवका रूपमा बिस्तार गर्न अन्र्तराष्ट्रियस्तरको. फिल्म सिटीसँगै काठमाडौँ आपसापकै क्षेत्रमा एउटा सुविधा सम्पन्न सुटिङ स्टुडियो निर्माण गर्ने लक्ष्य बोर्डले राखेको छ । 

माननिय सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकूल बास्कोटाको प्रमुख आतिथ्यसमा सम्पन्न कार्यक्रमका बिच २ वटा विशेष चलचित्रलाई बोर्डले पुरस्कृत गरेको छ । शिवम् अधिकारी निर्देशित पंचायत र घनश्याम लामिछानेद्धारा निर्देशित अग्नि दहन रहेका छन् । यी २ चलचित्रले विदेश प्रदर्शनका लागि सवटाइटलिङ गर्न २ लाख रुपैयाँ पाउनेछन् ।

चलचित्र विकास बोर्डमा अहिले प्रथम महिला अध्यक्षका रूपमा निकिता पौडेल छिन् । चलचित्र सम्बन्धी नै अध्यन गरी बोर्ड अध्यक्ष बन्न सफल भएकी पौडेल चलचित्र क्षेत्र र चलचित्रकर्मीहरुको पक्षमा प्रतिबद्ध भएर लागि रहेकी छिन् । बक्स अफिस, राष्ट्रिय चलचित्र नीति, चलचित्रकर्मी कल्याणकोष, फिल्म सिटी निर्माण, पुराना चलचित्रहरूको डिजिटलाइजेसन जस्ता महत्त्वपूर्ण कामहरू आफूले आगामी अािर्थक वर्ष भित्र सम्पन्न गरी सक्ने बताएकी छिन् ।  

प्रतिक्रिया