अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०९ | Colorodo: 00:24

नेपाल–भारत: सन्धी र सम्झौता साझा प्रतिवेदन तयार

बिआरटीनेपाल २०७५ असार १६ गते २०:०३ मा प्रकाशित

नेपाल–भारतबीच विगतका सन्धी/सम्झौता पुनरावलोकनका लागि राय सुझाव दिन गठित प्रवुद्ध व्यक्ति समुह (इपीजी)ले साझा प्रतिवेदन तयार गरेको छ ।

तोकिएको २ वर्षे कार्यअवधि अगावै इपीजीको नवौं बैठकले साझा प्रतिवेदन तयार गरेको हो ।

निकै चर्चामा रहेको सन् १९५० को शान्ति तथा मैत्री सन्धी, जलस्रोत, खुला सीमा व्यवस्थापन, व्यापार, पारवहनलगायतका विषय समेटेर एउटै प्रतिवेदनलाई अन्तिम रुप दिइएको समूहको नेपालतर्फको सचिवालयले जनाएको छ । यसैगरी आतंकवाद, लागु औषध नियन्त्रण, अवैध मुद्राको कारोवार नियन्त्रणजस्ता विषयबारेको सुझावलाई पनि प्रतिवेदनमा समेटेको बताइएको छ ।शुक्रवार काठमाडौंमा शुरु भएको समुहको नवौं तथा अन्तिम संयुक्त बैठक शनिबार सम्पन्न भएको हो ।

दुवै मुलुकबाट ४/४ जना प्रवुद्ध व्यक्ति संलग्न समुहको २ वर्षे कार्यअवधि यही सातासम्म तोकिएको छ ।,यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू