अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४९ | Colorodo: 21:04

नेपाल र भारत प्रबुद्ध समूह (ईपीजी)को बैठक साझा प्रतिवेदन तयार पार्न सफल

बिआरटीनेपाल २०७५ असार १६ गते ९:०६ मा प्रकाशित

नेपाल र भारत प्रबुद्ध समूह (ईपीजी) साझा प्रतिवेदन तयार पार्न सफल भएको छ । १९५० को पुनरावलोकनका लागि सुझाव दिन बनेको ईपीजीको शनिबार सम्पन्न बैठकले प्रतिवेदनमा सहमति जुटाएको हो ।

दुवै पक्षको सहमतिमा बनेको प्रतिवेदन   प्रधानमन्त्री केपी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ओलीलाई बुझाइने छ ।

नवौँ पटकसम्म बसेको समुहको बैठकपछि प्रतिवेदन तयार भएको हो । प्रतिवेदनमा दुई देशबीच भएका समस्याहरु कसरी समाधान गर्ने भन्ने विषयमा सुझाब समेटिएको छ ।

बैठकले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउन तथा विगतमा दुई देशबीच भएका सन्धी सम्झौता पुनरावलोकन गर्ने लगायतका विषयमा प्रतिवेदन तयार पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू