अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०२ | Colorodo: 05:17

माइतिघरमा प्रदर्शन गर्ने विवेकशील साझाका संयोजक सहित ९ जना पक्राउ प्रकाउ

बिआरटीनेपाल २०७५ असार १६ गते ८:५८ मा प्रकाशित

निषेधित क्षेत्रको घोषणा अवज्ञा गर्दै माइतिघर मण्डलामा विरोध प्रदर्शन गर्ने विवेकशील साझा पार्टीका संयोजकसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा संयोजक उज्ज्वल थापा, केन्द्रीय सदस्य शशीविक्रम कार्की, सुरेन्द्र भण्डारी लगायतका ९ जना नेता तथा कार्यकर्ता रहेका छन् । शनिबार दिउँसो माइतीघर मण्डलामा सो पार्टीले निषेधित क्षेत्रको घोषणा अवज्ञा गर्दै पार्टीका नेता-कार्यकर्ताले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरुलाई सिंहदरबार वैद्यखानास्थित सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ । सरकारले काठमाडौंको शान्ति बाटिका र माइतीघर मण्डलामा आगामी साउन १ गतेदेखि विरोध प्रदर्शन रोक लगाएको छ ।

सरकारले विरोध प्रदर्शनका लागि काठमाडौंको खुलामञ्च, लैनचौर समाज कल्याण परिषद अगाडि, सिफल चौर, पेप्सीकोला खेल मैदान, भुईंखेल चौर र तीनकुने चौर तोकेको छ । सरकारले माइतीघर मण्डलालाई भने निषेधित क्षेत्र तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू