अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३१ | Colorodo: 18:46

रंगिन संसारमा मस्त तथा ब्यस्त – नायिका सपना सिंह ठकुरी

बिआरटीनेपाल २०७५ असार १५ गते ९:१२ मा प्रकाशित

बिगत एक दशक देखि नेपाली चलचित्र क्षेत्र अर्थात रंगिन संसारमा अनबरत रुपमा आफुलाई उभ्याएर सबल अभिनेत्रीको रुपमा चिनाउन सफल नाम हो, नायिका सपना सिंह ठकुरी l नेपाली सिनेनगरी तथा मोडलिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नायिका सपना सिंह ठकुरी आफ्नो चर्चा संगै म्युजिक भिडियो तथा चलचित्रमा ब्यस्त बन्दै आएकी छिन l

नेपाल टेलिभिजन बाट प्रसारण भएको नृत्य प्रतियोगिता ‘छमछमि’ बाट आफ्नो कला अभिनय सुरु गरेकी नेपाली चलचित्र क्षेत्रमा स्थापित नायिका सपना सिंह ठकुरी बिगत लामो समय देखि नेपाली सिनेमा जगतमा छिन l नेपालगंज घर भएकी सुन्दरी नायिका सपना केहि बर्ष अघि सिने क्षेत्रमा आफ्नो भाग्य चम्काउन राजधानी प्रवेश गरेकी हुन् l पुरानो बानेश्वरको एम आर थिएटर बाट भरत नाट्यम, अभिनय र आधुनिक नृत्य सिकेकी नायिका सपना सिंह ठकुरी अभिनय र नृत्यमा पोख्त छिन l

नायिका सपना सिंह ठकुरीले दर्जनौ चलचित्र, सयौ म्युजिक भिडियोमा आफ्नो कुशल अभिनय प्रस्तुत गरिसकेकी छिन त्यस्तैगरी करिब २ दर्जन थिएटर सो मा अभिनय गर्नुको साथै विभिन्न व्यापारिक एड समेत आफ्नो कला कौसल प्रदर्सन गरिसकेकी छिन् l अभिनय र नृत्यमा पोख्त नायिका सपना हेर्दा पनि त्यतिकै आकर्षण र सुन्दरी छिन l सधै हासी रहने मिठो मुस्कानकि धनि नायिका सपना सबै संग चाडै घुलमिल हुन सक्ने क्षमताकि धनि छिन l

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा हुने विभिन्न कार्यक्रमहरुमा समेत आफ्नो उपस्थिति देखाइसकेकी नायिका सपनाले विभिन्न अवार्डहरु बाट समेत सम्मान हासिल गरिसकेकी छिन l

प्रतिक्रिया