अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४० | Colorodo: 15:55

मुम्बईमा भएको किङग एयरको विमान दुर्घटनामा परि ५ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ असार १५ गते ६:५८ मा प्रकाशित

भारत । मुम्बईमा भएको किङग एयरको विमान दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ ।

मुम्बईको सर्वदय अस्पतालका लागि चार्टर गरेको विमान घाटकोपरस्थित पुनर्निर्माण भइरहेको स्थानमा दुर्घटना भएको हो । किङग सी—९० को विमानमा सवार दुई जना पाइलट र दुई विमान इन्जिनियरको घटनास्थलमा नै निधन भएका थिए ।

मृत्यु हुनेमा क्याप्टेन पी.एस राजपुत, को–पाइलट मारिया जुरेली, एनि सुरवि र एयर इन्जिनियर मनिष पाण्डे रहेका छन् । मृतक चारै जनाको सबलाई पोस्टमार्टनको लागि राजावती अस्पतालमा लगिएको बताइएको छ ।

अर्का एक पैदलयात्रीको विमानले थिचिदा मृत्यु भएको थियो । भारतको आर्थिक राजधानी मानिने र घना बस्ती रहेकोले उक्त मुम्बईमा जहाज खसेपछि ठुलो आतङक मच्चिएको बताइएको छ । प्रहरी र कैयौँ अग्निनियन्त्रकले आगो निभाउँने प्रयास गरिरहेको बताइएको छ ।

अहिलेसम्म विमान दुर्घटनाको कारण खुलेको छैन । र यस विषयमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू