अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५८ | Colorodo: 06:13

सार्क गभर्नरहरुको भेला काठमाडौंमा

बिआरटीनेपाल २०७५ असार १४ गते १०:०७ मा प्रकाशित

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) देशका गभर्नर तथा डेपुटी गभर्नरहरूको बैठक काठमाडौँमा सुरु भएको छ । सार्क फाइनान्सको सहयोगमा नेपाल राष्ट्र बैङ्कले आयोजना गरेको सार्क गभर्नरहरूको दुई दिने बैठकको बुधवार अपराह्न अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेका छन् ।

सार्क देशका गभर्नर तथा डेपुटी गभर्नरहरू सहभागी उक्त बैठक आज समापन भएपछि शुक्रवार एसियन क्लीयरिङ युनियनको बैठक हुनेछ । एसियन क्लीयरिङ युनियनमा सार्क बाहेकका इरान र म्यानमार पनि सदस्य रहेका छन् ।

नेपाल राष्ट्र बैङ्क विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले सार्क देशहरूमा वित्तीय स्थायित्व, वित्तीय प्रणाली मजबुत गर्नका लागि सहयोग, समन्वयका सम्बन्धमा बैठकका क्रममा छलफल भइरहेको छ ।

त्यस्तै सार्क देशहरूबिच भुक्तानीका लागि साझा डिजिटल प्रणाली विकास गर्ने सम्बन्धमा बैठकले छलफल गर्नेछ । यस्तो बैठक हरेक वर्ष सदस्य राष्ट्रहरूमा आलोपालि हुँदै आइरहेको छ । यसअघि सार्क गभर्नरहरूको बैठक श्रीलंकामा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू