अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२४ | Colorodo: 11:39

माइतीघरमा साउन १ देखि विरोध प्रदर्शन गर्न नपाइने

बिआरटीनेपाल २०७५ असार १४ गते १०:०० मा प्रकाशित

काठमाडौं । सरकारले ललितपुर र भक्तपुरमा पनि विरोध प्रदर्शन स्थल तोकेको छ । अधिकारको लागि प्रदर्शन तथा सभा गर्न नपाइने गरी ललितपुरमा ५ स्थान र भक्तपुरमा १ स्थान तोकिएको छ ।

गृहमन्त्रालयमा आयोजित  पत्रकार सम्मेलनमा ललिपुरमा च्यासलको खेलमैदान, गोदावरी बसपार्क नजिकको खाली ठाउँ, भैंसेपाटीको छ्यासीकोटको खाली ठाउँ, बज्रबाराही, लुभुको ससमुचौर, धोविघाट नजिकैको मलपोखरीको खुला ठाउँलाई प्रदर्शन र सभास्थल तोकिएको बा जानकारी दिएको छ ।

यसअघि काठमाडौं जिल्लामा यस्ता ७ ठाउँ तोकिएको थियो । काठमाडौंका प्रदर्शन र सभाका लागि खुलामञ्च, तीनकुनेको खाली जग्गा, स्वयम्भू, पेस्पीकोलाको खेल मैदान, लैनचौर खेल मैदान, गौशाला सिफलचौर तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू