अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५१ | Colorodo: 01:06

अमेरिकामा नक्कली बिहे गराउने पक्राउ, ५ वर्ष सम्म कैद २ लाख ५० हजार डलर सम्म जरिवाना हुने

विजय थापा २०७५ असार १४ गते ७:३६ मा प्रकाशित

अधिकांशलाई विदेश जसरी पनि जाने इच्छा हुन्छ । विदेश जाने विभिन्न तरिका मध्ये कै अहिले अन्तिम हतियारको रूपमा नक्कली बिहे गर्ने गोप्य रूपमा गर्ने प्रचलन बढी रहेको छ । यसरी विदेश आउने नाममा घर फुट्ने क्रम बढ्दो छ । परिवार चिल्ली बिल्ली भएका छन् । छोराछोरी टुहुरा पनि भएका छन् ।

विदेशिने सपना देखे पछि प्रगाढ सम्बन्ध भत्किदै छ । अमेरिका यसरी आउने तरिका अपनाउन थालिएको छ । पुरुष या महिलाले यसरी पनि कमाउने दाउमा रहेका छन् ।

अमेरिका आउनको लागि नक्कली विवाह गर्ने नियतले अन्य देशहरू लगायत नेपालमा पनि फस्टाई रहेको अवस्थामा अमेरिकाको कनेक्टिकट राज्यमा दुई जनालाई आपराधिक आरोप सहित पक्राउ गरिएको समाचार व्यापक भएको छ ।

नेपालमा पनि भई रहेको पति पत्नीको सम्बन्धलाई अमेरिका, अस्ट्रेलिया, बेलायत तथा अन्य मूलक जान गरिने उद्धेश्यले गरिएको अस्थाई सम्बन्ध बिच्छेद लाई यसले केही सन्देश दिएको छ ।

वर्तमान अवस्थामा अमेरिका कुनै पनि व्यक्ति गैर कानुन रूपले नछिरुन भन्ने उद्धेश्यले ट्रम्प प्रशासनले अत्यधिक कडा गरी रहेको अवस्थामा आप्रवासीलाई नक्कली विवाह गराएको आरोपमा १४ वटा मुद्दा लगाइएको छ ।

अमेरिकाको आप्रवासन कानुन अनुसार अमेरिकामा नक्कली विवाह गराई जालसाजी गर्नेलाई ५ वर्ष सम्म कैद गरिन सक्ने छ । यसको साथै $ २ लाख ५० हजार डलर सम्म जरिवाना हुने प्रावधान रहेको छ ।

कनेक्टिकट मिलफोर्डका ३४ वर्षीय जोडिएन स्टेफ़ेन्सन तथा ६२ वर्षीय डोनोभान लरेन्सलाई गत गत जुन २२ तारिख शुक्रवार पक्राउ गरी कबुलियत गराएर धरौटीमा छोडिएको समाचार छ ।

उनीहरूले स्टेफ़ेन्सन आप्रवासी तथा कानुनी सेवा तथा डोनोभान भन्ने व्यक्तिले डोनोभान एकाउन्टीङ्ग सेवा सन् २०१२ देखि २०१७ मा सञ्चालन गरेका थिए । उनी दुई लगायत अन्यले षडयन्त्र गरी नक्कली विवाह गराएका थिए । उनीहरूले अमेरिकन नागरिकसँग स्थाई आवासीय पत्र (हरियो पत्र ) दिलाउन नक्कली विवाह गराएको आरोप लागेको छ ।

यसरी उनीहरूले ९ वटा नक्कली विवाह गर्द्दै हरियो पत्रको लागि आवेदन दिएका थिए । जसको लागि २० हजार डलर को लेनदेन भएको जनाएको छ । कसुर अनुसार साँच्चै कै विवाह जस्तै गरे बापत अभिकर्तालाई $५ हजार नगद दिने आश्वासन दिएको समेत आरोप छ ।

उनीहरूलाई आप्रवासी नक्कली विवाहको अपराध र षडयन्त्र गरेकोमा ६ वटा जाली बयान दिएको समेत देखिएको छ । साथै स्टेफ़ेन्सनलाई ७ वटा गलत गणनाका आरोप लागेको छ ।

युएस अध्यागमन विभागले कसैले यस्तो किर्ते विवाह गरेको छ भने पुरुष या महिलालाई आपराधिक मुद्दा चलाइने हुन्छ । हरेक वर्ष यस्ता किर्ते विवाह गरेको आरोपमा अमेरिकामा अध्यागमन विभागले धर पकड गर्दछ ।

किर्ते विवाह पाइएमा र कसैले झोसेमा अमेरिकाले देश निकाला पनि गर्न सक्छ । र जालसाजीलाई भविष्यमा अमेरिका आउन कहिले पनि प्रवेश आज्ञा न दिन पनि सक्छ या हरियो पत्र रद्द पनि हुन् सक्छ ।

यदि पतिपत्नीसँग स्थाई आवासीय पत्र छ र उनीहरूले नक्कली विवाह गर्ने काम गरेका छन् भने देश निकाला सम्म हुन सक्ने छ । अमेरिका आउनको लागि मात्र यस्तो उपाय नअपनाउन नै राम्रो हुनेछ ।

साँचो बिहे हुन्छ भने सरकारले स्वागत गर्दछ । यद्धपि नियतबस नक्कली बिहे गर्ने मात्र उद्देश्य छ भने सोचिन्छ भने राम्रो दिमाग लगाएर सोच्नु जरुरी हुन्छ । दुई चार पैसाको लागि यस्तो गलत गर्ने कसैको मन नजाओस । कहिले यस्तो वातावरणमा बस्नु नपरोस । भई रहेको सम्बन्ध कहिले नटुटोस । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू