अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५३ | Colorodo: 14:08

मोडलिङ क्षेत्रमा भविष्य खोज्दै नव मोडल सुक्मित घिसिङ

बिआरटीनेपाल २०७५ असार १४ गते ६:५४ मा प्रकाशित

काठमाडौँ: सानै उमेर देखि अभिनय तथा नृत्यमा रुचि राख्ने नव मोडल सुक्मित घिसिङ भविष्यमा एक कुशल चर्चित मोडल तथा नायिका बन्ने सोच लिएर यस क्षेत्रमा प्रवेश गरेकी छिन भने अहिले त्यसै अनुरूप मेहनत समेत गर्दै छिन l मोडलिङ क्षेत्र आफैमा एउटा राम्रो र सम्भावना बोकेको क्षेत्र हो, जहाँबाट एउटा कलाकारले राम्रो अवसर पाउने माध्यम हो, अभिनय र नृत्य विधामा राम्रा सम्भावना बोकेका कलाकारहरूले यसैको माध्यमबाट विभिन्न अवसरहरू पनि पाइरहेको हुन्छन् भने देश विदेशको यात्रा गर्दै संसारमा चर्चित हुने अवसर पनि जुटाइरहेका हुन्छन् ।

पछिल्लो समयमा नयाँ पुस्ताका युवा युवतीहरू पनि यसै क्षेत्रमा धेरै आइरहेको पाइन्छ। धेरै सफल पनि भैरहेका छन् भने कोही क्षणकी अवधि पछि यो क्षेत्र बाट हराइरहेका छन् l मोडलिङ क्षेत्रमा प्रशस्त सम्भावनाहरू रहेका छन् भने क्षमताबान तथा कला भएकाहरुको लागि आफू चर्चित हुने राम्रो मध्यम पनि हो l वास्तवमा कलाकारतिमा एउटा रहर मात्र होइन, जहाँ गर्न सके नाम र दाम दुवै कमाउन सकिन्छ । त्यसैले पनि मोडलिङ वा कलाकारितालाई धेरैले आफ्नो रुचि र इच्छाको रूपमा लिएको पाइन्छ ।

यसै क्रममा मोडलिङ क्षेत्रलाई व्यावसायिक रूपमा अगाडी बढाउने सोचका साथ सम्भावना सहित पछिल्लो समयमा मोडलिङमा प्रवेश गरेकी हुन नव मोडल सुक्मित घिसिङ । काठमाडौँ जन्मथलो भएकी सुक्मितले देश विदेशको यात्रा समेत गरिसकेकी छिन l विभिन्न स्टेज कार्यक्रमहरूमा आफ्नो कुशल अभिनय तथा नृत्य प्रस्तुत गरिसकेकी मोडल सुक्मितको बच्चा देखिकै चाहना भनेको मोडल तथा कलाकार बन्नु थियो l नृत्य र अभिनयमा पोख्त सुक्मित सुन्दर मुहार र आकर्षक शरीरको धनी पनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहार नै उनी प्रतिको आकर्षण हो l

चाडै नै नेपाली साङ्गीतिक बजारमा आउन लागेको गायक धुर्ब बिस्कोको गीतको म्युजिक भिडियो बाट मोडलिङ क्षेत्र्मा प्रवेश गर्न लागेकी नव मोडल सुक्मित घिसिङ भविष्यमा यसै क्षेत्रमा आफ्नो आफ्नो करियर बनाउने सोचका साथ अघि बढिरहेकी छिन ।

प्रतिक्रिया