अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२३ | Colorodo: 03:38

प्रमुख दावेदार जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरियो

बिआरटीनेपाल २०७५ असार १४ गते ६:४८ मा प्रकाशित

विश्वकप फुटबलको डिफेन्डिङ च्याम्पियन जर्मनी समूह चरणबाटै बाहिरिएको छ । समूह एफको खेलमा सबैभन्दा पुछारमा रहँदै जर्मनी बाहिरिएको हो । अन्तिम तथा जित्नैपर्ने खेलमा दक्षिण कोरियासंग २–० को हार बेहोर्दै जर्मनी समूह चरणबाटै बाहिरिएको हो । इन्जुरी समयमा कोरियाले दुई गोल गर्यो । यंग ग्वोन किम र ह्युङ मिन सनले १–१ गोल गरे । खेलमा ६९ प्रतिशत बल नियन्त्रणमा लिए पनि जर्मनी कमजोर सावित भयो ।

यो समूहबाट स्वीडेन समूह विजेता तथा मेक्सिको समूह उपविजेता बन्दै राउन्ड अफ सिक्सटिनमा पुगेको छ । दुवैले ६–६ अंक बटुले । अन्तिम खेलमा स्वीडेनले मेक्सिकोलाई ३–० ले हरायो । कोरियाले पहिलो खेलमा स्वीडेनसंग १–० र मेक्सिकोसंग २–१ को हार बेहोरेको थियो भने जर्मनीलाई २–० ले हरायो । जर्मनीको यो ८० वर्षको अवधिमा सबैभन्दा खराव प्रदर्शन भएको छ । यसले जर्मन नागरिकमात्र होइन विश्वकै जर्मनीका फ्यानलाई पीडा दिएको छ । 

प्रतिक्रिया