अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३८ | Colorodo: 16:53

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे काम ५० प्रतिशत पूरा

बिआरटीनेपाल २०७५ असार १३ गते १९:३५ मा प्रकाशित

काठमाडौँ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको निर्माण कार्य ५० प्रतिशत पूरा भएको छ । ३ हजार मिटर लामो र ६० मिटर चौडाई भएको विमानस्थलको पहिलो चरणको रनवे बनाउने (वेसकोर्स) काम पूरा भएको छ ।

असोजबाट रनवे पिच गर्ने काम सुरु हुनेछ, यसका लागि भारतबाट विटुमिन पनि विमानस्थलमा ल्याउन थालिएको छ । केही दिनमै दोस्रो चरणको वेसकोर्स रनवे निर्माण पूरा हुने र तेस्रो चरणको कालोपत्रे गर्ने काम सुरु हुने जनाइएको छ ।

करिब ६ अर्ब २२ करोड रुपियाँको आयोजनामा विमानस्थलको आयोजना विस्तारको लागि भनेर २३ अर्ब रुपियाँ“बराबरको ५ सय बिघा जमिन थप गरिएको छ । २२ सय घरधुरीको मध्ये ८ सयलाई ६ अर्ब रुपियाँ“ मुआब्जा दिने काम पूरा भएको आयोजनाले जनाएको छ । यो खबर अाजकाे नेपाल समाचारपत्रले छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू