अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०३ | Colorodo: 17:18

विदेशी नागरिक अनुगमन निर्देशिका जारी

बिआरटीनेपाल २०७५ असार १३ गते १९:३३ मा प्रकाशित

काठमाडौं । नेपाल भ्रमणमा आउने विदेशी नागरिकको गतिविधिलाई निगरानीमा राख्न सरकारले विदेशी नागरिक अनुगमन निर्देशिका जारी गरेको छ । निर्देशिका कार्यान्वयनमा आएसँगै भ्रमणको उद्देश्यभन्दा फरक काम गर्नेलाई कानुनी दायरामा ल्याउन सहज हुने अपेक्षा गरिएको छ ।

उनीहरूको नेपाल प्रवेशसँगै प्रवेशाज्ञा प्रक्रिया, उपस्थिति, बसाइ, पदयात्रा र प्रस्थानलाई व्यवस्थित एवं सरलीकृत बनाउन अनुगमन निर्देशिका उपयुक्त हुने अपेक्षा गरिएको छ । भिजिट भिसाका नाममा व्यापार व्यवसाय गर्ने, समाजसेवाका नाममा जासुसी तथा धर्म परिवर्तन गर्न लगाउने, लुकिछिपी बस्ने र कुटनीतिक मर्यादामा नबस्नेहरूलाई फिर्ता पठाउनेसम्मको कानुनी व्यवस्था गरिएको छ । यो खबर आजको गोरखा पत्रमा छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू