अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४५ | Colorodo: 14:00

ट्रम्प र पुटिन तेस्रो मुलुकमा शिखर वार्ता गर्न सहमत

बिआरटीनेपाल २०७५ असार १३ गते १८:५७ मा प्रकाशित

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका समकक्षी भ्लादिमिर पुटिनले तेस्रो मुलुकमा गएर शिखर वार्ता गर्न सहमति जनाउनुभएको छ । 

उहाँहरूले तेस्रो मुलुकमा भेट्ने सहमति भए पनि मिति भने घोषणा हुन बाँकी रहेको रुसका प्रमुख प्रशासनीक केन्द्र क्रेमलिनले बुधबार जनाएको छ ।

“तेस्रो मुलुकमा गएर उहाँहरूले गर्ने शिखर वार्ताको मिति र स्थानसमेत तय भइसकेको छ, तर त्यसको औपचारिक घोषणा भने भोलि दुवै देशका प्रतिनिधिसँगै रहेर गर्ने छौँ,” रुसको राष्ट्रपतिका सहयोगी युरी उशाकोभले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू