अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४९ | Colorodo: 05:04

नेप्से परिसुचक १२ सय विन्दु नजिक

बिआरटीनेपाल २०७५ असार १३ गते १०:२१ मा प्रकाशित

मंगलबार दोहोरो अंक १५.२९ ले घटेर ११९४.८० विन्दुमा पुगेको नेप्से परिसुचकमा बुधबार सुधार देखिएको छ । बुधबार शेयर बजारको परिसुचक ४.६२ अंकले बढेर ११९९.४२ विन्दुमा उक्लेको छ ।

शेयर कारोबार भएको शरुवाती समयमा नेप्से परिसुचक घट्दोक्रममा रहेको थियो । तर कारोबार समयको मध्यदिनबाट नेप्से परिसुचक बढेको हो । बुधबार कुल १५७ कम्पनीको ५ लाख ८३ हजार ७३२ कित्ता शेयरको किनबेचबाट १७ करोड ३० लाख ७७ हजार ६९१ रुपैयाँको कारोबार भएको छ ।

अहिले लगानीकर्ताहरु पर्ख र हेरको स्थितीमा रहेका छन् । शेयर बजारमा आज भएको वृद्धि दिगो हो वा होइन भन्ने अन्यौलता लगानीकर्ताहरुमा परेको बताइएको छ । लगानीकर्ताहरु मौद्रिक नीति र आर्थिक वर्षको समाप्तीको पर्खाइमा बसेका छन् ।

प्रतिक्रिया