अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२४ | Colorodo: 16:39

ब्रेक्जिटका लागि बेलायती संसदबाट कानूनी मान्यता प्राप्त

बिआरटीनेपाल २०७५ असार १३ गते १०:११ मा प्रकाशित

यूरोपेली संघ (इयू)बाट बेलायतको बहिर्गमनका लागि बेलायती संसदमा दर्ता भएको विधेयकले महिनौ लामो बहसपछि अन्ततः मङ्गलबार कानूनी बाटो खुला गरिदिएको छ ।

मङ्गलबारको संसद बैठकमा बेलायती संसदका सभामुखले बहिर्गमनका लागि भएको बहसपछि बिधेयक पारित भएको घोषणालाई कन्जर्भेटिभ पार्टीका सांसदहरूले भव्य तालीको गडगडाहटबाट स्वागत गर्दै खुशीयाली मनाएका थिए ।

सभामुख जोन बर्कोले भन्नुभयो, जसले बेलायतलाई इयूको सदस्यताका लागि बाटो खोलेको यूरोपेली सदस्य राष्ट्रसम्बन्धि ऐन (१९७२), जसलाई बेलायतको इयूबाट बहिर्गमनका लागि खारेज गर्न प्रस्ताव गरिएको थियो, ले महारानी एलिजावेथ द्वितीयबाट स्वीकृत भएको छ । अब विधेयकले कानूनी हैसियत प्राप्त गरेको छ ।

विधेयकले दशकौँको यूरोपेली कानूनलाई बेलायती कानूनी कितावमा रहेको कुनैपनि वैधानिक समस्यालाई रोक्नेछ ।
यसले मार्च २९, २०१९ को राती ११ बजे (ब्रसेल्सको मध्यरात) लाई बेलायती कानूनमा ‘ब्रेक्जिट डेका रूपमा पनि स्थापित गर्नेछ । अर्थात् इयू ऐनको धारा ५० बाट हुने बहिर्गमन प्रक्रियाको पनि अन्त्य गर्नेछ ।

सन् २०१७ को जुलाईमा प्रस्तुत विधेयकमाथि बेलायती संसदमा २५० घण्टा लामो कडा बहस चलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू