अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१७ | Colorodo: 16:32

मुुलुक समृद्धि र विकासको नयाँ युगमा प्रवेश :प्रम ओली

बिआरटीनेपाल २०७५ असार १३ गते ९:५३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभाबाट नयाँ संविधान जारीपछि मुलुक आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ । हनुमान ढोका दरबार स्क्वायरस्थित जीर्णाेद्वार सम्पन्न गद्दी बैठक भवनको उद्घाटन कार्यक्रममा उहाँले हनुमान ढोका दरबार   क्षेत्र नेपालको पौराणिक, ऐतिहासिक र सांस्कृतिक महत्त्वको भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विश्वसम्पदा सूचीमा सूचिकृत सो भवनको जीर्णोद्वारका लागि सहयोग गरेकामा  अमेरिकी सरकारलाई आभार प्रकट गर्नुभयो । अमेरिकी सरकारको सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष (एएफसिपी)ले सात लाख अमेरिकी डलरको अनुदान प्रदान गरी मियामोटो ग्लोबल डिजास्टर रिलिफ तथा नेपाल सरकार पुरातत्व विभागसँगको साझेदारीमा भूकम्पबाट क्षतिग्रस्त गद्दी बैठकको प्रवलीकरण तथा पूर्ण जीर्णोद्धार गरिएको हो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू