अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०७ | Colorodo: 03:22

चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

बिआरटीनेपाल २०७५ असार १३ गते ९:२९ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि विभिन्न चार देशका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा नेपालका लागि जापानी राजदूत मासामिचिसाइगो (आवासीय), नेपालका लागि ट्युनिसियाका राजदूत नेज्मेदिन लखाल (गैरआवासीय), नेपालका लागि डेनमार्कका राजदूत पिटर ताकोसे जेन्सेन (गैरआवासीय) र नेपालका लागि भेनेजुयलाका राजदूत अगस्टो मोन्टियल (गैरआवासीय)ले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो ।

उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीको समेत उपस्थिति रहेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू