अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४७ | Colorodo: 15:02

शान्ति स्थापना कार्यमा नेपाली सुरक्षाकर्मीले निर्वाह गरिरहेको भूमिकाका प्रशंसनीय रहेको :राष्ट्रसंघीय उपमहासचिव जेयन–पिर्रे लक्रोइस्ले

बिआरटीनेपाल २०७५ असार १३ गते ९:२६ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापासँग नेपाल भ्रमणमा रहनुभएका शान्ति स्थापना कार्यका लागि राष्ट्रसंघीय उपमहासचिव जेयन–पिर्रे लक्रोइस्ले आज गृह मन्त्रालयमा भेटवार्ता गर्नुभएको छ । 

भेटमा संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति स्थापना कार्यमा नेपाली सुरक्षाकर्मीले निर्वाह गरिरहेको भूमिकाका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपाली सुरक्षाकर्मीलाई विश्वको शान्ति कार्यमा राष्ट्रसंघले दिँदै आएको जिम्मेवारीप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यसको निरन्तरताको विश्वास व्यक्त गर्नुभएको थियो ।

गृहमन्त्री थापाले विश्वमा शान्ति स्थापनामा नेपालले खेलेको भूमिकाअनुसार शान्ति मिशनमा नेपाली सुरक्षाकर्मीले थप उच्च तहको नेतृत्वको अवसरको वातावरण बनाउन उपमहासचिवलाई आग्रह गर्नुभएको थियो ।

उपमहासचिव लक्रोइस्ले विश्वमा शान्ति कायम गर्न नेपाली सुरक्षाकर्मीले इमान्दारीपूर्वक खेलेको भूमिका प्रशंसनीय रहेको छ भन्नुभयो । उहाँले नेपालबाट शान्ति मिशनमा जाने सुरक्षाकर्मीमा महिला सुरक्षाकर्मीको संख्या बढाउन गृहमन्त्रीसँग आग्रह गर्नुभयो ।

जवाफमा गृहमन्त्री थापाले महिला सुरक्षाकर्मीको संख्या बढाउन नेपाल सरकार तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू