अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३३ | Colorodo: 13:48

एशियाली उत्पादकत्व संगठनले नेपालको आर्थिक विकास र उत्पादकत्व अभिवृद्धिमा सधाउने

बिआरटीनेपाल २०७५ असार १३ गते ९:२० मा प्रकाशित

काठमाडौँ । एसियाली उत्पादकत्व सङ्गठनका महासचिव डा. शान्थी कनाकतानापोर्नले नेपालको आर्थिक विकास र उत्पादकत्व अभिवृद्धिमा सहयोग गर्न एपीओ तयार भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा समक्ष नेपाल भ्रमणमा रहेका एसियाली उत्पादकत्व सङ्गठनका महासचिव कनाकतानापोर्नले बुधवार महासङ्घ सचिवालयमा सो कुरा बताएका हुन् ।

नेपालको तीन दिने भ्रमणमा आएका महासचिव कनाकतानापोर्न र अध्यक्ष राणाबिचको भेटवार्तामा उत्पादकत्व अभिवृद्धि, कृषिको व्यवसायीकरण/प्रविधिकरण र राष्ट्रिय उत्पादकत्व अभिवृद्धिमा सरकार–निजी क्षेत्र बिचको सहकार्यको विषयमा छलफल गरेका छन् । साथै, उनले राष्ट्रिय उत्पादकत्व अभिवृद्धिका लागि राष्ट्रिय गुरुयोजना बन्नुपर्नेमा समेत जोड दिएका छन् ।

भेटमा अध्यक्ष राणाले एपीओबाट नेपाललाई प्राप्त सहयोग एवं सहकार्यको प्रशंसा गरेका छन् । अध्यक्ष राणाले महासङ्घले कृषिको व्यवसायिकरण, रोजगारी सृजना तथा मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जानकारी गराएकी छिन् । साथै, उनले नेपाली निजी क्षेत्रलाई आवश्यक तालीम मार्फत उत्पादकत्व अभिवृद्धिमा सघाउन एपीओलाई आग्रह गरेकी छिन् ।

महासचिव डा. कनाकतानापोनल कृषिलाई आधुनिक, प्रविधिमैत्री र युवाहरूलाई आकर्षित गर्ने ढङ्गबाट योजना तथा कार्यक्रम आउनु पर्ने सुझाव दिएका छन् । उनले कृषिको उत्पादकत्व अभिवृद्धिमा कसरी सहयोग गर्न सकिन्छ त्यसलाई एपीओले उच्च प्राथमिकतामा राखेर सहयोग गर्ने विश्वास दिलाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू