अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५५ | Colorodo: 22:10

जनसम्पर्क समिति न्यु योर्क च्याप्टरद्वारा छलफल कार्यक्रम सम्पन्न

ध्रुव भण्डारी, न्यूयार्क २०७५ असार १२ गते २३:३४ मा प्रकाशित

यही जुन २४ तारिख आइतबारका दिन नेपाली जनसम्पर्क समिति न्यु योर्क च्याप्टर अमेरिकाले मुलुकको वर्तमान समसामयिक राजनीतिक अवस्थाका बारेमा एक छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अथिति नेपाल सरकारका पूर्व स्वास्थ्य मन्त्री, प्रतिनिधि सभाको सांसद एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य माननीय श्री उमाकान्त चौधरीले लामो सङ्घर्ष पश्चात् मुलुकले लोकतान्त्रिक संविधान प्राप्त गरेको हुनाले यसलाई जोगाएर देशमा समृद्धि भित्र्याउनु पर्ने कुरा राखेका थिए ।

पछिल्लो समयमा सरकार र सरकारमा रहेका मन्त्रीहरूले संविधान विपरीत कार्य र अभिव्यक्तिहरू दिएको प्रति गहिरो चिन्ता र आक्रोस व्यक्त गर्दै, काँग्रेसले लोकतन्त्र र लोकतान्त्रिक संविधानको रक्षाको निमित्त सदन र सडकमा आवाज बुलन्द गर्ने कुरा बताएको थिए । प्रवासमा रहेका नेपालीहरूको प्रत्येक हक र अधिकार प्राप्तिको निमित्त काँग्रेसले सदैव साथ दिएको कुरा स्मरण गराउँदै नेता चौधरीले, राष्ट्रियता , लोकतन्त्र , प्रेस स्वतन्त्रता र मानव अधिकारको रक्षाको निमित्त काँग्रेसले कसैसँग सझौता नगर्ने कुरा बताएका थिए ।

एक छुट्टै प्रसङ्गमा प्रमुख अथिति चौधरीले पार्टीका नेतृत्व वर्गले कमजोरी स्वीकार गरेर अबका दिनमा सङ्गठनलाई सुधार गर्दै संस्थागत ढङ्गले अगाडि बढाउनु पर्ने कुरा राखेका थिए । पार्टीको सबै तहको नेतृत्व चुनाव गराएर आएमा सङ्गठन संस्थागत र उत्कृष्ट ढङ्गले अगाडि बढ्न सक्ने कुरा बताउँदै पूर्व मन्त्री चौधरीले अमेरिकामा हुने गरेको नेतृत्व चयनको प्री इलेक्शनको कुरा सम्झीन्दै, आफू सधैँ सङ्गठनको संस्थागत निर्णयको पक्षमा रहेको कुरा बताएका थिए ।

विशेष अथिति नेपाली काँग्रेसका नेता एवं माननीय सांसद श्री जीव छिरिङ लामाले आफू हारेर भए पनि काँग्रेसले आफ्नो जिम्मेवारी बहन गरेर, मुलुकलाई निकास दिएको कुरा बताउँदै, प्रवासमा गुटको होइन सङ्गठनको काँग्रेस भइदिन सबैलाई आग्रह गरेका थिए ।

अर्का अथिति नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति आनन्द विष्टले सङ्गठनको सभापतिलाई कमजोर बनाएर, पार्टी कहिल्यै बलियो नहुने कुरा राख्दै, काँग्रेसलाई बलियो बनाउन सबै एकजुट हुनुपर्ने कुरा राखेका थिए ।

मन्तव्यकै क्रममा अर्का अथिति वक्ता नेपाल विद्यार्थी सँगका केन्द्रीय उपाध्यक्ष श्री डिल्लीराम सुवेदीले राष्ट्रिय जिम्मेवारी निर्वाह गर्ने एक्लो पार्टी नेपाली काँग्रेसको सङ्गठनलाई जीवन्त दिन आन्तरिक सङ्घर्षबाट एकताको शक्ति निर्माण गरी , विचार, सङ्गठन र नेतृत्वको हृदम मिलाएर राष्ट्र निर्माणको खाका तय गरी अबको काँग्रेस अगाडि बढ्नु पर्ने कुरा बताएका थिए । समाजको चेतनालाई नक्कली आवरणले ढाकेर , नेपथ्यमा कम्युनिस्ट अधिनायक ल्याउन चाहने वर्तमान सरकारको बिरूदमा आफ्नो सङ्गठनले आवाज बुलन्द गरिरहेको कुरा राख्दै, विद्यार्थी नेता सुवेदीले नेपालका युवाहरूले जनसम्पर्क समितिहरूबाट केही नवीन कुराहरू खोजिरहेको कुरा बताएका थिए ।

उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाको महासचिव मुनिन्द्र नेम्बाङ, सचिव भोजराज थोकर, केन्द्रीय सदस्य सुवास तामाङ, पूर्व संयोजक एवं केन्दीय सदस्य विष्णु सुवेदी, लुम्बिनी बिकासकोषका पूर्व सदस्य सचिव आंग दावा शेर्पा, एनआरएनका बन्दना कोइराला, गोमा सेन, विद्यार्थी नेता प्रभात सापकोटा, जनसम्पर्क समितिका सक्रिय सदस्य शारदा क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

नेपाली जनसम्पर्क समिति न्यु योर्क च्याप्टर अमेरिकाका सभापति रोशन ढंगनाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन च्याप्टरका महासचिव महेश मल्लले गरेका थिए भने स्वागत मन्तव्य च्याप्टरका उपसभापति कमला पन्तले गरेका थिए ।

काँग्रेसहरूको बाक्लो सहभागी रहेको, स्थानीय ज्याक्सन हाईटको न्यूयोर्कमा सम्पन्न उक्त कार्यक्रमलाई सफल बनाउनका निमित्त च्याप्टरका उपसभापति अमर तामाङ, सदस्य उमेश थापा, बृन्दा राई, च्याप्टरका सक्रिय सदस्यहरू रविन बज्रचार्य, पूरण लिम्बु, गोविन्द श्रेष्ठ लगायत खटिएका थिए । 

प्रतिक्रिया