अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५३ | Colorodo: 22:08

पोखरामा पनि मिस्टर नेपाल छानिने

कुबेर गिरी, पोखरा २०७५ असार १२ गते २३:०८ मा प्रकाशित

बमिष्टर वल्र्डमा नेपालको प्रतिनिधित्व गर्ने एक युवा छान्ने उदेश्यका साथ आयोजना हँुदै आएको सौन्दर्य प्रतियोगिता ‘मिस्टर नेपाल २०१८’को छनोट चरणको अडिसन पोखरामा पनि हुने भएको छ ।

पोखराको न्युरोड स्थित डिलाइट रेस्ट्रो एण्ड क्याफेमा मङ्गलवार आयोजित एक कार्यक्रममा पोखरा अडिसनको विभिन्न पक्षबारे जानकारी दिइएको हो । पोखराका युवालाई मिस्टर वल्र्डमा जाने अवसरको बाटो खुल्ला गर्न मिस्टर नेपालको अडिसन पोखरामा गर्न लागेको आयोजक एक्सपोज नेपालकी सिइयो अर्चना थापाले जानकारी दिइन् । ‘पोखराका युवाहरूका लागि यो महत्त्वपूर्ण र विशेष अवसर पनि हो’ उनले भनिन् ‘ यो अवसरबाट आफ्नो सुनौलो भविष्य कोर्न सकिन्छ ।’

केही पूर्व मिस्टर नेपालको समेत सहभागिता रहेको कार्यक्रममा स्थल पोखरामा अडिसन २७ अषाढमा बिहान १० बजेदेखि साँझसम्म ‘डिलाइट रेस्ट्रो एण्ड क्याफे’ हुने आयोजकले जानकारी दियो ।
‘मिस्टर नेपाल’ नेपालको सबैभन्दा पुरानो र प्रतिष्ठित पुरुषहरूको सौन्दर्य प्रतियोगिता पनि हो । एक्सपोज नेपालले सन् २००१ बाट नियमित रूपमा आयोजना गर्दै आएको प्रतियोगिता युवाहरूको व्यक्तित्वविकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास आन्तरिक र बाह्य क्षमता वृद्धि गर्ने उदेश्यले नियमित रूपमा आयोजना हुँदै आएको छ ।

प्रतियोगिताबाट रोहित थेवे, जीवन लुइँटेल, गौतम सुवेदी, उज्वल कार्की, सुमेश घिमिरे, डा. आयुष्मान घिमिरे, सुरेश गौली सुरज चिलवाल, सन्दिप पोखरेल, गणेश अग्रवाल, अक्षय रायमाझी लगायतका विजेता भइसकेका छन् । यी सबै व्यक्ति अहिले नेपाली समाजका महत्त्वपूर्ण व्यक्तिका रूपमा चिनिन सफल भएका छन् ।

पोखरा अडिसनका लागि मंगलबारबाटै आवेदन दिन सक्ने आयोजकले जनाएको छ । पोखराको अलावा प्रतियोगिताको पहिलो चरणको अडिसन काठमाडौँ, पोखरा, चितवन, वुटवल, धनगढी, इटहरी लगायत देशका प्रमुख सहरमा पनि हुनेछ । पहिलो चरणको अडिसनबाट छानिएका प्रतियोगीले मात्र अन्तिम प्रतिस्पर्धामा सहभागिता जनाउन सक्नेछन् ।

देशैभरि छरिएर रहेका यृ्वाहरुलाई समेट्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा अडिसनबाट छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, , पब्लिक स्पिकिङ लगायतका विषयमा दक्ष प्रशिक्षक सहित अन्तिम प्रतिस्पर्धामा उतारिने छ ।

यो वर्षबाट मिस्टर नेपालमा ४ विजेता छानिने छन् । जस अन्तरर्गत मिस्टर नेपालको विजेता मिस्टर वल्र्डमा प्रतिनिधित्व गर्ने छ । यसै गरी फष्ट रनर अपिल मिस्टर यूनिभर्सल एम्वेस्टर, सेकेन्ड रनरअफले म्यान अफ द इयर र थर्ड रनरअपले मिस्टर नेश्नल यूनिर्भसमा प्रतिनिधित्व गर्नेछन् ।

शीर्ष विजेताले सुजुकी बाइक र अन्य विभिन्न उपहार समेत जित्न सक्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया