अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०५ | Colorodo: 05:20

सर्वाधिक महँगो पारिश्रमिक लिँदै ‘क्याप्स’ ब्रान्डको एम्वेस्डर बने अनमोल

वैकुण्ठ राज पराजुली २०७५ असार १२ गते २२:५४ मा प्रकाशित

अभिनेता अनमोल केसी पछिल्लो समयका नेपाली फिल्मका सर्वाधिक बिकाऊ अनुहार हुन् । कसैको नाममा फिल्मको टिकट बिक्छ, जहिँकतै पुग्दा सर्वाधिक खोजी र चर्चा हुन्छ भने त्यो अनुहार अनमोल नै हो । त्यसैले त फिल्म निर्माता, निर्देशकदेखि विभिन्न क्षेत्रसँग जोडिएका व्यक्ति तथा संस्था र कम्पनीले उनलाई आफ्नो ब्रान्डसँग जोड्न मरिहत्ते गर्छन् ।

यो बिचमा हालै अनमोल एक ब्रान्डको एम्वेस्डर बनेका छन् । प्राप्त जानकारी अनुसार अनमोलले ‘क्याप्स’ ब्रान्डको लुगाको एम्वेस्डर बन्दा महँगो पारिश्रमिक लिएका छन् । १ वर्षको कन्ट्रयाकमा अनमोल नेपालको लागी ‘क्याप्स’को एम्वेस्डर बनेका हुन् । श्रोतका अनुसार अनमोलले १५ लाख बढी पारिश्रमिक लिएका छन् । कम्पनीले भने अनमोललाई कति पारिश्रमिक दिएको भन्ने बारे सिधा खुलाएको छैन । १५ लाख नै नेपाली कुनै पनि सेलिब्रेटीले हालसम्म ब्रान्ड एम्वेस्डर बन्दा लिएको पारिश्रमिक सर्वाधिक हुनसक्छ ।

‘क्याप्टेन’ फिल्मको सुटिङमै पुगेर शनिवार मात्रै ‘क्याप्स’ ब्रान्डको तर्फबाट गौतम बैश्य र अनमोलले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । गौतमले पछिल्लो क्रमको अग्र पङ्गतिको अभिनेता भन्दै अनमोललाई आफ्नो ब्रान्ड प्रवर्धकको रूपमा अनुबन्धन गराएको बताए । आकर्षक लुकिसका धनी अनि सर्वाधिक फ्यान फलोइङ भएका स्टार भएकै कारण आफ्नो ब्रान्डप्रति ग्राहक आकर्षणको लागी अनमोल पहिलो रोजाइ बनेको गौतमको भनाइ छ ।

पछिल्लो पटक बजारमा आएको छोटो समयमा नै लोकप्रिय बनिसकेको नेपाली ब्रान्ड ‘क्याप्स’ले काठमाडौँ सहितनेपालगञ्ज, पोखरा, बुटवल, धरान, बिराटनगर, इटहरी, जनकपुर लगायत देशका ५० बढी स्टोरहरूमा आफूलाई उपलब्ध गराइसकेको बजार प्रबन्धक दीपक नेपालीले बताए ।

प्रतिक्रिया