अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२३ | Colorodo: 13:38

नेपाली मूलका ह्यारी भण्डारी अमेरिकी प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा प्राथमिक चरणमा विजयी

विजय थापा २०७५ असार १२ गते २२:३८ मा प्रकाशित

डेमोक्रेटिक दलका तर्फबाट अमेरिकी प्रतिनिधि सदस्यका लागि दोस्रो पटक उम्मेदवार बनेका एचबि ह्यारी भण्डारी प्राथमिक निर्वाचनमा विजयी भएका छन् । उनी डेमोक्रेटिक दलको तर्फबाट उम्मेदवार बनेका थिए । शीर्ष ३ उम्मेदवार मध्ये राम्रो मत ल्याए पछि उनको आगामी नोवेम्बरमा हुने आम निर्वाचनको लागी ढोका खुलेको छ ।

उनले आगामी नोवेम्बरमा रिपब्लिकनका उम्मेदवार सँग चुनावी मैदानमा भिड्नु पर्ने छ । ४ जना प्रतिस्प्रद्धिमा एरिक ब्रोम्वेल पहिला ,भण्डारी दोश्रा र तेस्रो स्थानमा कार्लज्याक्स विजयी भएका हुन् ।

२०७२६ मत खसेकोमा भण्डारीले ५७६५ मत ल्याई दोस्रो स्थानमा रही २८ प्रतिशत मत ल्याई विजयी भएका छन् । एरिक ब्रोम्वेल ले ६३८७ ल्याई प्रथम भएका थिए ।

यसै गरी मेरिल्याण्ड डेमोक्रेटिक दल को केन्द्रीय सदस्यमा पनि भण्डारी सर्वाधिक मत ल्याई विजयी हुनु भएको कुरा डेमोक्रेटिक दल मेरिल्याण्ड राज्यले जनाएको छ ।

डेमोक्रेटिक निर्वाचन क्षेत्र ८ बाट ३ जना उम्मेदवार मध्ये उनी परेका हुन् । सन् २०१४ मा उनी चौथो स्थान भए पछि उनी प्राथमिक चरण मै बाहिरिएका थिए ।

यो केवल प्राथमिक निर्वाचन मात्र हो भने आम निवार्चनमा भण्डारीले जिते भने उनले नेपाली समुदायको इतिहासमा नाम लेख्ने अवसर पाउने छन् ।

ह्यारीले सन् २०१४ मा अमेरिकन प्रतिनिधिका लागि मेरिल्याण्ड राज्यको जिल्ला ८ मा डेमोक्रेटिकको तर्फबाट उम्मेदवारी दिएका थिए । दोस्रो पटक पुन: उम्मेदवार बनेका ह्यारी भण्डारी जुन २६ का दिन अमेरिकन सांसदको लागि उम्मेदवार बनेका हुन् भने उनले प्राथमिक चरणको निर्वाचन जितेका छन् ।

प्रतिक्रिया