अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०५ | Colorodo: 18:20

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ९६ प्रतिशत काम सकियो

बिआरटीनेपाल २०७५ असार ११ गते ९:४९ मा प्रकाशित

 

काठमाडौं। दोलखा जिल्लाको उत्तरी भेगमा निर्माणधिन राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

स्वदेशी लगानीमा निर्माण भइरहेको यो आयोजना निर्माण सम्पन्न हुन अब ४ प्रतिशत मात्र बाँकी छ । आज भन्दा दुई वर्ष अघि नै निर्माण सक्ने लक्ष्य लिइएपनि भूकम्प र नाकाबन्दीको कारण २०७२ सालभरि आयोजना निर्माणमा प्रतिकुल असर परेको थियो । जसको कारण आयोजना निर्माणको अवधी केही पर घकेलिन पुगेको आयोजना प्रमुख विज्ञान श्रेष्ठले जानकारी दिए ।

यो आयोजना निर्माण अन्तर्गत ठुल्ठूला चट्टान फोडेर ८.३ किलोमिटर सुरुङ मार्ग र नेपालमै पहिलो पटक सुरुङमार्ग मार्फत सडक पनि सञ्चालन गरिएको छ । सुरुङ खनेर सम्पन्न भएसँगै हाल ढलान लगायतका अन्य कामहरु धमाधम भइरहेको छ । ६ वटा युनिट राखेर विद्युत उत्पादन हुने आयोजनाको सबै यूनिटको अधिकांश उपकरण जडान सकिएको छ । त्यस्तै लामाबगरमा ड्याम निर्माणको काम पनि लगभग अन्तिम चरणका पुगेको उनले बताए।

यो आयोजनालाई सुरुमा ३५ अर्ब रुपैयाँको लागत रहेको भएपनि हाल आयोजना सम्पन्न गर्न करिब ४९ अर्व रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजना पूरा भएपछि उत्पादन हुने विद्युत खिम्ती सवस्टेसनमा लगेर जोडिने छ । सवस्टेसन सम्म आवश्यक ४७ किलोमिटर प्रशारण लाईन निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । प्रशारण लाइनको एक सय २७ टावर निर्माण गर्नुपर्ने छ । राष्ट्रिय गौरवको यो आयोजना पूरा भएपछि भारतसँगको विद्युत परनिर्धरता समेत घट्ने अपेक्षा गरिएको छ।

सरकारको राष्ट्रिय गौरवका आयोजनाहरुको सूचीमा राखेका विभिन्न आयोजनाहरु मध्ये यो तामाकोसी जलविद्युत आयोजनालाई अत्यन्तै राम्रो प्रगती भएको आयोजनाको रुपमा लिइन्छ । यसलाई राज्यले पनि विद्युत विकासको कोसे ढुङ्गाको रुपमा लिएको छ । आयोजना निर्माणसँगै जिल्लाको उत्तरी क्षेत्रमा सडक संजाल लगायतका अन्य पूर्वाधारहरु निर्माण भएका गरिएका छन

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू