अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२९ | Colorodo: 04:44

नेपालमा लगानी गर्न यूनाईटेट अरब ईमिरेट्सले चासो देखायो

बिआरटीनेपाल २०७५ असार ११ गते ९:४२ मा प्रकाशित

यूनाईटेट अरब ईमिरेट्सले नेपालमा लगानी गर्ने चासो देखाएको छ । नेपाल सरकारको बाणिज्य मन्त्रालय र यूनाईटेट अरब ईमिरेट्सको बाणिज्य मन्त्रालयका वीचमा आज काठमाण्डौमा भएको छलफलका क्रममा यूनाईटेट अरब ईमिरेट्सले यस्तो आशय देखाएको नेपाली प्रतिनिधि मण्डलका नेता बाणिज्य मन्त्रालयका सचिव चन्द्र कुमार घिमिरेले बताउनु भयो।

यूनाईटेट अरब ईमिरेट्सले नेपालको स्वच्छ ऊर्जा, जलविधूत, पूर्वाधार विकास,कृषि ,पर्यटन र सेवा क्षेत्रमा लगानी गर्न चासो देखाएका छन्। यूनाईटेट अरब ईमिरेट्सले हालै १७ वटा मुलुकलाई लगानी सम्भाब्य मुलुकको सूचिमा राखेकोमा नेपाल पनि परेको छ।

लगानी सम्भाब्यताका विषयमा छलफल गर्न यूनाईटेट अरब ईमिरेट्सको बाणिज्य मन्त्रालयका सचिवको नेतृत्वमा आएको प्रतिनिधि मण्डल अहिले नेपालको सरकारी र गैर सरकारी संस्थाहरुका प्रतिनिधिहरु संगको छलफलमा छ।

नेपाल र यूनाईटेट अरब ईमिरेट्स वीचको ब्यापार यूनाईटेट अरब ईमिरेट्सकै पक्षमा रहेको छ। हाल नेपाल र यूनाईटेट अरब ईमिरेट्स वीच बार्षिक २ अर्ब ९१ करोड अमेरिकी डलर बराबरको ब्यापार हुने गरेकोमा नेपालबाट बार्षिक एक अर्ब अमेरिकी डलर बराबरको नेपाली बस्तु निर्यात हुने गरेको छ भने बार्षिक एक अर्ब ९१ करोड अमेरिकी डलर बराबरको सामान यूनाईटेट अरब ईमिरेट्सबाट आयात गर्ने गरिएको छ।

प्रतिक्रिया