अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३७ | Colorodo: 11:52

विश्वकप फुटबलमा इङ्ल्याण्ड र बेल्जियम नकआउट चरणमा प्रवेश

बिआरटीनेपाल २०७५ असार ११ गते ९:३८ मा प्रकाशित

 

रसियामा जारी विश्वकप फुटबलमा इङ्ल्याण्ड र बेल्जियम नकआउट चरणमा प्रवेश गरेका छन । समुह जी अन्तर्गतको आफ्नो दोस्रो खेलमा पनामालाइ १ का विरुध्द ६ गोलको फराकिलो अन्तरले पराजित गरेपछी इङल्याण्ड नकआउट चरणमा प्रवेश गरेको हो ।

इङ्ल्याण्डको लागी कप्तान हेरी केनले ह्याट्रिक गरेको खेलमा जोन स्टोनले २ तथा जेसी लिगार्डले १ गोल गरेका थिए । यो ह्याट्रिकसंगै जारी विश्वकपमा २ खेलमा ५ गोल गरेका केन गोल्डेन बुटको दावेदारीमा अग्रस्थानमा छन ।

पनामाको लागी बालोइले सान्त्वना गोल गरेका थिए । इङ्लाण्डको पनामा विरुध्दको जितसंगै बेल्जियम पनि नकआउट चरणमा प्रवेश गरेको छ । समान ६ अंक रहेको इङल्याण्ड र बेल्जियमले समुह विजेताको लागी बिहिवार खेल्ने छन ।

समुह एच अन्तर्गतको दोस्रो खेलमा जापान र सेनेगलले २-२ गोलको बरावरी खेली अंक बाडेका छन । खेलमा सेनेगले दुइ पटक अग्रता लिए पनि जापानले दुबै पटक खेलमा फर्किदै बरावरी गरेको थियो । सेनेगलको लागी सादियो माने र मौसा वागुले समान १/१ गोल गरेका थिए । जापानको लागी ताकाशी इनु र केशुके होन्डाले समान १/१ गोल गरेका थिए ।

समुहमा समान २ खेल खेली ४ अंक जोडेका जापान र सेनेगलको नकआउट चरणको संभावना राम्रो भएको छ । समुह एचमा कोलम्बियाले पोल्याण्डलाइ सुन्यका विरुध्द ३ गोलले पराजित गरी नकआउट चरण प्रवेशको संभावनालाइ जिवितै राखेको छ ।

कोलम्बियाको लागी येरी मिना, रादामेल फल्काओ र जुवान कुवाडराडोले समान १/१ गोल गरेका थिए ।  समुहको दोस्रो खेलमा पनि पराजित भएपछी पोल्याण्ड समुह चरणबाटै बाहिरिएको छ । समुह एचको अन्तिम खेलमा कोलम्बियाले सेनेगलसंग तथा पोल्याण्डले जापानसंग खेल्ने छ ।

प्रतिक्रिया