अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३८ | Colorodo: 05:53

चीन अमेरिका व्यापार विवाद रोकिएन

बिआरटीनेपाल २०७५ असार ११ गते ९:२५ मा प्रकाशित

गएको केही महिनायतादेखि अमेरिका र चीनबीच जारी व्यापार विवाद रोकिएको छैन । बरु यो विवाद चरम उत्कर्षमा पुगेको अधिकारीहरू बताउँ छन् ।

संयुक्तराज्य अमेरिका र चीनका सरकारले एक अर्काको देशबाट आयात गरिने सामानमा भन्सार शुल्क पछिल्लो समयमा निकै बढाएका बताइएको छ ।

अमेरिका विश्वको पहिलो र चीन दोस्रो ठूलो अर्थतन्त्र हो । यी दुई ठूला अर्थतन्त्रबीच पछिल्लो समयमा व्यापार विवाद शुरु भएको हो । यो विवाद समाधानको सट्टा बरु झन ठूलो खिचातानी जारी रहेको बताइन्छ । कतिपय आर्थिक विश्लेषकहरूले त यसलाई एक किसीमको व्यापार युद्धको संज्ञा समेत दिएका छन् । उनीहरू भन्छन्– पछिल्लो समयमा विवाद प्रतिदिन बढ्दै छ यस्तै अवस्था जारी रहने हो भने यसले आगामी दिनमा व्यापार युद्ध नै हुनसक्ने त्रास रहन्छ ।

शुरुमा अमेरिकाले आफ्नो देशमा आयात हुने गरेको चिनियाँ स्टील र एलुमिनियममा पहिलेको तुलनामा निकै धरै मात्रामा शुल्क बढाएको थियो । यसको चीनले कडा मात्रामा विरोध पनि गरेको थियो । तर अमेरिकाले चीनको कुरा सुनेन । त्यसपछि यहाँ उक्त पदार्थको आयातमा पनि कमी भएको बताइएको छ । अहिले नगण्य मात्रामा मात्र कतिपय चिनियाँ वस्तुहरू अमेरिका आयात भइरहेका छन् ।

अमेरिकाको यस व्यवहारका विरुद्धमा यता चीनले पनि अमेरिकाबाट आयात हुने कतिपय खाद्य पदार्थमा पनि रोक लगाएको पाइएको छ । अमेरिकालाई जवाफ दिएकै शैलीमा चीनले सुङ्गुरको मासु, मदिरा र फलफूलजस्ता पदार्थको आयातमा भन्सार शुल्क बढाएको छ । विश्वका यी दुई ठूला अर्थतन्त्रबीच चलिरहेको यस अवस्थाले विश्वका अरु पनि देशहरूमा आर्थिक सङ्कटहरू निम्त्याउन सक्ने खतरा बढाएको बताउन थालिएको छ । तर दुवै देश यी अघिका निर्णयहरूबाट पछि हट्नुको सट्टा आ–आफ्नो व्यापारिक हितको रक्षा गर्ने होडका साथ अघि बढेका आर्थिक क्षेत्रका जानकारहरूको अनुभव छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू