अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५४ | Colorodo: 06:09

सरकार संसद्प्रति उदासीन बनेको आरोप

बिआरटीनेपाल २०७५ असार १० गते २०:०८ मा प्रकाशित

सांसदले उठाएका प्रश्नको जवाफ देऊ : राष्ट्रिय सभा अध्यक्ष

प्रतिनिधिसभा र राष्ट्रिय सभामा सांसदहरूले विशेष समयमा उठाएका विषयवस्तुप्रति सरकार उदासीन देखिएको छ । संसद्प्रति सरकार गम्भीर नभएको विषयमा प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले पटक–पटक सरकारको ध्यानाकर्षण गराए पनि संसद्मा उठेका धेरै प्रश्न अनुत्तरित हुने गरेको सांसदहरूले बताएका छन् ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा सांसदहरूले आफूहरूले विशेष समयमा उठाएका विषयको जवाफ नपाएको भन्दै आक्रोश पोखे । अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संसद्मा उठेका विषयलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । संघीय संसद्को दुवै सदनको नियमावलीमा शून्य र विशेष समयमा सांसदहरूले प्रस्तुत गरेको विषयको सम्बन्धित मन्त्रीले पाँच दिनभित्र जवाफ दिइसक्नुपर्ने उल्लेख छ । अध्यक्ष तिमल्सिनाले सरकारको तर्फबाट जवाफ नआएकोप्रति संकेत गर्दै ध्यानाकर्षण गराए ।नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू