अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२३ | Colorodo: 09:38

चीनबाट इन्धन ल्याउन अाेली पछाडि हटे, भारतको एकाधिकार तोडिएन

बिआरटीनेपाल २०७५ असार १० गते १९:५१ मा प्रकाशित

काठमाडौं । चीनबाट इन्धन ल्याउन यसअघि गरेको सहमतिबाट नेपाल पछाडि हटेको छ। प्रधानमन्त्री केपी ओलीले यसअघिको चीन भ्रमण अर्थात् २०७२ को चैतमा यस्तो सहमति गरेका थिए। त्यसबेला कुल मागेको ३३ प्रतिशत इन्धन चीनबाट आयात गर्ने सहमति भएको थियो। यो खबर आजको अन्नपूर्ण पोस्टदैनिकमा छापिएको छ ।

नेपाल र चीनबीच भएको यो सहमति व्यवहारमा रूपान्तरण हुन सकेन। यसपटकको चीन भ्रमणमा इन्धन आयातको विषय नै उठेन। प्रधानमन्त्री ओलीको चीन भ्रमणमा चिनियाँ इन्धन आयात गर्ने विषयले प्राथमिकता नपाएपछि इन्धनमा भारतको एकाधिकार कायम नै रहने भएको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू