अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४६ | Colorodo: 16:01

यस्तो शर्तसहित मेलम्ची आयोजनाको फेरी तीनमहिना म्याद थप

बिआरटीनेपाल २०७५ असार १० गते १९:४७ मा प्रकाशित

काठमाडौँ । आगामी असोज मसान्तभित्र मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजलमा उपलब्ध गराउने शर्तसहित सरकारले इटालियन निर्माण व्यवसायी सिएमसी दि रेभेनाको म्याद तीन महिनाका लागि थप गरेको खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

खानेपानी तथा सरसफाइ मन्त्रालय मातहतको मेलम्ची खानेपानी आयोजना विकास समिति र निर्माण व्यवसायीका उच्च प्रतिनिधिको छलफलपछि निर्माण व्यवसायीको म्याद थप गरिएको हो ।

मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद कँडेलकाअनुसार आगामी दशैँ अगावै मेलम्ची आयोजनाको पानी सुन्दरीजलमा पथान्तरण ९पानी खसाल्ने० गर्ने शर्तसहित निर्माण व्यवसायीसँग सहमति भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू