अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०९ | Colorodo: 00:24

माथिल्लो मर्स्याङ्दी २ अब चीनले बनाउने

बिआरटीनेपाल २०७५ असार १० गते १९:३७ मा प्रकाशित

भारतीय कम्पनी गान्धी मल्लिकार्जुना राव (जीएमआर) इनर्जी लिमिटेडले १ दशकसम्म ‘होल्ड’ राखेको माथिल्लो मर्स्याङ्दी २ जलविद्युत् आयोजनाको निर्माण अब चिनियाँ कम्पनीले गर्ने भएको छ।

६ सय मेगावाटको यो आयोजनामा मनाङको नासों गाउँपालिकाको सिरानतालमा बाँध बाँधेर मर्स्याङ्दी गाउँपालिका ४ ताघ्रिङको स्याँगे नजिकै पावर हाउस निर्माण गरी विद्युत् उत्पादन गरिनेछ । लगानी जुटाउन नसकेपछि आयोजना १ दशकसम्म जीएमआरले थाती राखेको थियो ।

उक्त आयोजनाको लाइसेन्स एक महिनाअघि जीएमआर समूहको हिमताल हाइड्रोपावर कम्पनीसँग बुटवल पावर कम्पनी (बीपीसी) ले किनेको छ ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा बुधबार चिनियाँ कम्पनी र नेपाली निजी कम्पनी बीपीसीका अधिकारीबीच आयोजना संयुक्त लगानीमा निर्माण गर्ने लिखित सम्झौता भएको हो ।

चिनियाँ कम्पनी र बीपीसीबीच माथिल्लो मर्स्याङ्दी २ जलविद्युत् आयोजना निर्माणका लागि ‘फ्रेमवर्क’ एग्रिमेन्ट भएको छ । बीपीसीका अध्यक्ष पद्म ज्योति र सिचुवान इन्भेस्टमेन्ट ग्रुप, सिङचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेड र क्यूवाईईसीबीच सम्झौता भएको हो ।, यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू