अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१५ | Colorodo: 23:30

मिनाक्क्षी महतराको ‘सुस्तरी सुस्तरी’ बजारमा

बिआरटीनेपाल २०७५ असार १० गते १०:३१ मा प्रकाशित

काठमाडौं । पछिल्लो समयमा संगीत क्षेत्रमा आफ्नो भिन्नै पहिचान बनाउन सफल गायिका मिनाक्क्षी महतराले अहिले ”सुस्तरी सुस्तरी” बोलको नयाँ म्युजिक भिडियो लिएर बजारमा आएकी छिन ।
करिब पाच बर्ष पहिले देखि संगीतिक यात्रा तय गरेकी गायिका मिनाक्क्षी पप र आधुनिक क्षेत्रमा अब्बल देखिन्छिन ।

उनी भन्छिन मेरो यात्रा संगीत क्षेत्रमै रहनेछ अहिले सम्म करिब आधा दर्जन भन्दा बढी गित गाइसकेकी गायिका अहिले रोमान्टिक मेलोडीका साथ आएकी हुन् ।नेपालको बिभिन्न रमणीय स्थानमा छ्याकंन गरिएको म्युजिक भिडियो सबै दर्शक श्रोताले मन पराउने आशा लिएकी छन ।

अहिलेका ब्यस्त निर्देशक रायन कार्कीले निर्देशक गर्नुभएको म्युजिक भिडियोलाइ हेर्दा एउटा प्रेम प्रमिका बिचको सुमधुर सम्बन्धलाइ राम्ररी महसुस गर्न सकिन्छ ।

सरोज पोखरेलको उत्कृस्ट शब्द र संगीत रहेको गीतलाई एरेन्ज भने आमोस तामाङले गर्नुभएको छ ।सिन्धुली क्षेत्रको वरिपरी खिचिएको म्युजिक भिडियोलाई क्यामेरामा कैद र आफ्नो सम्पादनको कला भने ओम प्रसाईले गरेका हुन् ।

म्युजिक भिडियोलाई नियाल्दा प्रेम प्रेमिकाको भूमिकामा आफ्नो अब्बल कला प्रस्तुत सगै कौशल र मिनाक्क्षीको एउटा पृथक माया देख्न सकिन्छ । उक्त म्युजिक भिडियोलाई म्युजिक हाइलाइटले आफ्नो युटटुप् मार्फत बजारमा ल्याएको छ ।https://www.youtube.com/watch?v=6uvci7m4brg&feature=youtu.be

प्रतिक्रिया