अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०२ | Colorodo: 12:17

काठमाण्डौ महानगरको बजेट १३ अर्ब

बिआरटीनेपाल २०७५ असार १० गते १०:१२ मा प्रकाशित

काठमाण्डौ । काठमाडौं महानगरपालिकाले १३ अर्ब २ करोड १२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

आइतबार महानगरको तेश्रो नगरसभामा २०७५÷७६ का लागि १३ अर्ब २ करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेको हो ।

आगामी आर्थिक वर्षमा आन्तरिक आयतर्फ ४ अर्ब ९० करोड, बाह्य स्रोतबाट ५ अर्ब १९ करोड रुपैयाँ र अन्य स्रोतबाट अन्य १ अर्ब ४ करोड ११ लाख रुपैयाँ बजेटको स्रोत हुने महानगरले जनाएको छ । यसमध्ये महानगरले केन्द्र सरकारबाट १ अर्ब ७८ करोड रुपैयाँ अनुदान पाएको छ । महानगरपालिकाले मोनोरेलदेखि इ–ट्वाइलेट निर्माणसम्मको योजना अघि सारेको छ । त्यसका लागि १५ करोड रुपैयाँ छुट्याइएको छ ।

रानीपोखरी र दरबार हाइ स्कूलको पुनर्निर्माण अघि बढाउने उल्लेख गरिएको छ । व्यवस्थित शहर सुरक्षित शहर नारा बजेटमा समावेश गरिएको छ । यस्तै शहरी सुविधा न्यूनतम शर्त, सुरक्षित भवन र नक्सापास डिजिटल बनाउने उपकरण खरिद ७ करोड ८१ लाख रुपैयाँ विनियोजन गरिएको छ । महानगरपालिकाले कौसी खेतीलाई प्राथमिकताका साथ अघि बढाउने भएको छ ।

पशु बधशाला र सञ्चालनमा रहेका तरकारी बजार आधुनीकीकरणका लागि ६ करोड १८ लाख रुपैयाँ विनियोजन गरिएको महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाले शहरी योजना आयोग स्थापना गर्ने जनाएको छ । यस्तै निस्शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ । महानगरले शिक्षाका लागि १ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू