अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१८ | Colorodo: 03:33

रिङरोड बन्नासाथ भत्काइने

बिआरटीनेपाल २०७५ असार १० गते १०:०१ मा प्रकाशित

रिङरोड बन्नासाथ फेरि भत्काइने भएको छ । पुसमा चीनले हस्तान्तरण गर्ने र लगत्तै ठाउँ ठाउँमा भत्काइने योजना रहेको आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ । 

चिनियाँ प्रविधि र प्राविधिक प्रयोग गरी निर्माण भएको कोटेश्वर–कलंकी सडक रोड सेफ्टीका हिसाबले असुरक्षित देखिएको छ । त्यही कारण सडक भत्काउन लागिएको हो ।

नयाँ पत्रिकाका अनुसार, ट्राफिक लाइट, डिजाइन सडक बत्तीको व्यवस्था, आकासे पुल र डिभाइडरको व्यवस्था नगरिएका कारण सडक बन्नासाथ भत्काउने योजना बनाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू