अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२० | Colorodo: 08:35

इङ्गल्यान्डको पानामामाथि ६–१ गोलको फराकिलो जीत

बिआरटीनेपाल २०७५ असार १० गते ९:२९ मा प्रकाशित

आइतबार भएको समूह जी अन्तर्गत विश्वकप खेलमा इङ्गल्यान्डले पानामामाथि ६–१ गोलको फराकिलो जीत निकाल्न सफल भएको छ । 

इङ्गल्याण्डका लागि टोली क्याप्टेन ह्यारी केनले पानामा विरुद्धको आजको खेलमा ह्याट्रिक (तीन गोल)को योगदान गर्नुभयो भने दुई गोल जोन स्टोनले गर्नुभएको छ भने एक गोल जेसी लिङगार्डले गर्नुभयो ।

इङ्गल्यान्डका लागि स्टोनले आठौँ मिनेट र ४० औँ मिनेटमा गरी दुई गोल तथा क्याप्टेन केनले खेलको २२ औँ र ४६ औँ र ६२ औँ मिनेटमा गरी तीन गोल गर्नुभएको थियो भने लिङगार्डले ३६ औँ मिनेटमा गोल गर्नुभएको थियो ।

पानामाका लागि शान्त्वना गोल खेलको ७८ औँ मिनेटमा फिलिप बलोयले गर्नुभएको थियो ।

यससँगै दक्षिण अमेरिकी देश पानामा र अफ्रिकी मुलुक ट्यूनिसियाको यस पटकको विश्वकपमा अघि बढ्ने बाटो रोकिएको छ । तर इङ्ग्ल्याण्ड र बेल्जियमले भने अन्तिम १६ समूहमा खेल्न पाउने पक्का भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू