अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२४ | Colorodo: 04:39

एउटा यस्तो प्रेम कहानीः प्रचारलाई फेशन सो, दर्जनौँ युवतीसँगै र्‍याम्पमा शिव श्रेष्ठ

बैकुण्ठ राज पराजुली २०७५ असार १० गते ६:१५ मा प्रकाशित

मल्टि स्टारर फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ भर्खरै छायाङ्कन सकिएको छ । आउँदो भदौमा रिलिज तार्गेट गरेको फिल्मको अफिसियल प्रदर्शन घोषणा गरिएको छैन । तर निर्माण टिमले भने अघोषित रूपमा प्रचार प्रसार सुरु गरेको छ । यसैको सुरुवात स्वरूप हालै राजधानीमा एक ‘फेशन सो’ सम्पन्न भयो ।

‘स्टार अन दि रेड कार्पेट’ नाम दिइएको शोजमा दु दर्जन बराबर मोडलहरूले बिरालोको चालमा र्‍याम्प नापे । जहाँ मुख्य आकर्षण बने नेपाली तथा पाकिस्तानी फिल्मका पुराना स्टार अभिनेता शिव श्रेष्ठ । शिवको आगमनसँगै सिट्ठी र ताली बज्यो, ‘सो’ को उद्घाटन पनि भयो ।

‘प्रोमोशनल इभेन्ट अफ एउटा यस्तो प्रेम कहानी’ सब टाइटलमा सम्पन्न शोज फिस्टेल मुभिजको आयोजनामा सम्पन्न भएको थियो । जहाँ अमितेष कर्णको डिजाइनमा जोर्दोगी बुटिमको तर्फबाट तयार नेपाली संस्कृति झल्काउने, पश्चिमा भेषभुषा, पार्टी कलेक्सनसँगै विश्वकप फुटबल विशेष कलेक्सनमा मोडलहरूले र्‍याम्प नापेका थिए ।

अग्र पङ्गतीका कलाकार उपस्थित हुन नसक्दा अभिनेता नरेन खड्का, अभिनेत्री रेखा फागो, विष्णु चेमजोङ र बाल कलाकार संवेग दर्शनधारीले फिल्मको तर्फबाट प्रस्तुति दिँदा गायक विश्व नेपाली, अस्मिता परियार, विष्णु चेमजोङ, प्रज्वल नेपाली, राहुल नेपाली, रुसी नेपालीले उपस्थित दर्शकलाई गायनसँगै नृत्यको माध्यमबाट मनोरञ्जन प्रदान गरेका थिए ।

फिल्म ‘एउटा यस्तो प्रेम कहानी’लाई दिपेश सापकोटाले निर्देशन गरेका छन् । फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, सञ्जोग कोइराला, शक्ति श्रेष्ठ, नरेन खड्का, कविता मानन्धर, रेखा फागो, सुष्मा कार्की, बसुन्धरा भुषाल, किरण केसी, मिथिला शर्मा, ध्रुव कोइराला, विष्णु चेमजोङ, लगायत लिड अभिनयमा छन् ।

फिस्टेल मुभिज र ट्रि इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बनेको फिल्मको कथा शिव श्रेष्ठको छ । फिल्मको निर्मातामा शिव श्रेष्ठ, दिनेश दर्शनधारी र यशोदा रआई छन् भने सह निर्मातामा सुनिल कटुवाल, रामनारायण शाह, दिनेश थापा, सुजन गौतम, खुम तामाङ र तारा तुलाधरि छन् । सुशन प्रजापतिले फिल्म खिचेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू