अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२५ | Colorodo: 21:40

विश्वकप फुटबल : बेल्जियम नकआउट चरणमा प्रवेश

बिआरटीनेपाल २०७५ असार ९ गते ९:२८ मा प्रकाशित

विश्वकप फुटबलमा शानदार जित निकाल्दै बेल्जियम नकआउट चरणमा प्रवेश गरेको छ । ग्रुप जीको आफ्नो दोस्रो खेलमा शनिबार बेल्जियमले ट्युनिसियामाथि ५–२ गोलको जित निकालेको हो ।

हारसँगै ट्युनिसियाको विश्वकप सपना अधुरो भएको छ । दुई खेलबाट बेल्जियमको ६ अंक भएको छ । कुनै खेल नजितेको ट्युनिसिया शुन्य अंक सहित समुहको पुछारमा छ । अब दुवैले एक–एक खेल्नबाँकी छ । बेल्जियमको खेल विजेता वा उप विजेताकालागि हुनेछ ।

ट्युनिसियाविरद्धको खेलमा स्टार स्ट्राइकरहरु रोमेलु लुकाकु इदेन ह्याजार्डले उत्कृष्ट प्रदर्शनगर्दै समान २–२ गोल गर्न सफल भए । अर्का एक गोल मिची बात्सुइले गरे । ट्युनिसियाका तर्फबाट ड्यालन ब्रोन र वाबी खाज्रीले सान्त्वना गोल फर्काए ।

खेल सुरु भएको छैठौं मिनेटमै इदेन ह्याजार्डले पेनाल्टिमार्फत बेल्जियमलाई सुरुवाती अग्रता दिलाए । ट्युनिसियाका साइम बेन युसुफले ह्याजार्डलाई फलगर्दै डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टिको मौकालाई ह्याजर्डले गोलमा परिणत गरेका थिए ।

खेलको १६ औं मिनेटमा पुन बेल्जियमकालागि रोमेलु लुकाकुले डेरिज मार्टेन्सको पासमा दोस्रो गोल गरे । १८ औं मिनेटमा ट्युनिसियाले एक गोल फर्काएका थिए । ड्यालन ब्रोनले वाबी खाज्रीको पासमा गोल गरेका थिए ।

पहिलो हाफमै लुकाकुले आफ्नो दुई गोल पुरा गरे । उनले पहिलो हाफको अतिरिक्त समयमा थोमस मुनिएरको पासमा दोस्रो गोल गरेका थिए । पहिलो हाफ ३–१ ले सम्पन्न खेलमा दोस्रो हाफमा बेल्जियमले २ गोलगर्दा ट्युनिसियाले एक गोल फार्कायो ।

बेल्जियमका ह्याजार्डले खेलको ५१ औं मिनेटमा आफ्नो दोस्रो तथा टोलीका लागि चौथौ गोल गरे । यस्तै खेलको अन्तिम ९० औं मिनेटमा बेल्जियमकै मिची बात्सुइले टोलीका लागि पाँचौ गोल गर्न सफल भए ।

खेल ५–१ मै सकिने अनुमान गरिएपनि ट्युनिसिया एक गोल फर्काउन सफल बन्यो । अतिरिक्त समयमा वाबी खाज्रीले गोल गरेका थिए ।

ट्युनिसियाविरुद्ध २ गोल गरेका बेल्जियमका रोमेलु लुकाकु विश्वकप गोल्डेन बुटमा सशक्त बन्दै गएका छन् । उनले सर्वाधिक गोलकर्ता रोनाल्डोको ४ गोलसँग बराबरीगर्दै गोल्डेन बुटको दाबेदारी प्रस्तुत गरेका हुन् ।

गोल्डेन बुट उपाधिको दोस्रो स्थानमा रुसका खेलाडी डेनिस चेरिसेभ र स्पेनका डिएगो कोस्टा छन् । उनीहरुको समान ३–३ गोल छ । यस्तै बेल्जियमकै इदेन ह्याजार्डपनि गोल्डेनबुटको प्रतिस्पर्धामा उत्रिएका छन् ।

 

प्रतिक्रिया