अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३१ | Colorodo: 13:46

वास्तविक प्रेमकथामा आधारित ‘बोबी’को ट्रेलर सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७५ असार ९ गते ०:३५ मा प्रकाशित

वास्तविक प्रेमकथामा आधारित भएर निर्माण भएको भनिएको चलचित्र ‘बोबी’को ट्रेलर सार्वजनिक भएको छ।

उमेश थापा, कविता गुरुङ र विजय लामाको प्रमुख भूमिका रहेको फिल्ममा उमेश र कविताको प्रेमकथालाई प्रस्तुत गरिएको छ।

मिलन चम्सले निर्माण तथा निर्देशन गरेको यो चलचित्र उमेश र कविताको वास्तविक प्रेममा आधारित रहेको छ। कथालाई संयोजन गर्ने काम नरेश भट्टराइले गरेका छन्। नर्वेमा इन्जिनियरिङ गर्दे आएका उमेश र होस्टेल म्यानेजरको रुपमा काम गर्दै आएकी कविताको प्रेमका उत्तारचढावलाई यो चलचत्रले प्रस्तुत गरेको छ।

फिल्ममा उमेश, कविता र विजयका अलावा रुबी राणा, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा लगायतका कलाकारको अभिनय रहेको छ।

चाम्स इन्टरटेन्मेन्ट र लण्डन आइ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्ममा ताराप्रकाश लिम्बुको संगीत, अर्जुन जिसीको सम्पादन, नवराज कृष्ण थापाको छायांकन रहेको छ।

प्रतिक्रिया